२४ पुस, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् । आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौं । यो हाम्रो बाँकी रहेको महत्वपूर्ण काम हो ।’ प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । […]