राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चिली, जमैका, इन्डोनेसिया र स्पेनका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । उनीहरुले छुट्टाछुट्टै समारोहमा प्रमाणपत्र पेश गरेका हुन् । चिलीका उवान रोलान्डो एङ्गुलो मोनस्लाभ, जमैकाका जासन किट्स म्याथ्यू हल, इन्डोनेसियाका हेरु हारटान्टो सुबोलो र स्पेनका ओसे मारिया रिडाओ डोमिनगेजले आआफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतका उच्च अधिकारीको उपस्थिति थियो ।