एनआईसी एशियाको खुद नाफा ३ अर्ब २५ करोड

एनआईसी एशिया बैङ्कले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा अधिकांश परिसूचकहरू उत्साहपूर्ण रहेको जनाएको छ । कोभिड–१९ को चुनौतीका बीच आ.व. २०७७/७८ मा यस बैङ्कले कर्जातर्फ करिब रु. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रु. २६५ अर्ब पु¥याउन सफल भएको छ । यो २७ वटै वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा धेरै रहेको बैङ्कको दाबी छ । मुलुकका वाणिज्य बैङ्कहरूमा सोही अवधिमा भएको करिब रु. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैङ्कको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ

एनआईसी एशियाको नाफा ४ अर्बमाथि

काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहेको छ । एनआईसी एशिया बैंकले ३८.८६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद नाफा बढेर ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ […]

बढी नाफा कमाउनेमा ग्लोबल आईएमई र एनआईसी एसिया अगाडी, कुन बैंकको कति? (सूचीसहित)

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार  २०७८ साउन महिनादेखि २०७९ जेठ महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड ४१ लाख खुद नाफा कमाएका हुन् ।जस मध्ये ग्लोबल आईएमईको खुद नाफा सबैभन्दा धेरै ४ अर्ब ८५ करोड रहेको छ । त्यस्तै एनआईसी एसियाको खुद नाफा ४ अर्ब ५९ करोड, तथा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ९२ करोड रहेको छ । नबिल बैंकको खुद नाफा ३ अर्ब ८२ करोड, प्राइम कमर्शियल बैंकको खुद नाफा ३ अर्ब ५४ करोड, र एनएमबि बैंकको ३ अर्ब ३४ करोड रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब २२ करोड, नेपाल बैंकको खुद नाफा २ अर्ब ९१ करोड, सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ८२ करोड तथा मेगा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रहेको छ । कुमारी बैंकको खुद नाफा २ अर्ब ३६ करोड, कृषि विकास बैंकको खुद नाफा २ अर्ब १४ करोड, सानिमा बैंकको खुद नाफा २ अर्ब २ करोड र सिटिजन्स बैंकको खुद नाफा २ अर्ब १ करोड रहेको छ ।अन्य बैंकको खुद नाफा भने २ अर्ब भन्दा कम रहेको छ । जसमा एनसीसी बैंकको खुद नाफा १ अर्ब ९९ करोड, हिमालयन बैंकको १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९३ करोड, एभरेष्ट बैंकको १ अर्ब ९० करोड, सनराइज बैंकको १ अर्ब ७३ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड र प्रभु बैंकको खुद नाफा १ अर्ब ६५ करोड रहेको छ । त्यस्तै डेढ अर्ब भन्दा कम खुद नाफा कमाउने ६ वटा बैंक रहेका छन् । जस अनुसार लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४३ करोड, नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ४२ करोड, सेन्चुरी बैंकको १ अर्ब २९ करोड , नेपाल बंगलादेश बैंकको १ अर्ब २७ करोड, बैंक अफ काठमाडौँको १ अर्ब २५ करोड र सिभिल बैंकको खुद नाफा १ अर्ब २१ करोड रहेको छ ।

एनआईसी एशिया बैंक : कम्पनी विश्लेषण (सोमवार, ७ भदौ २०७८)

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया कम्पनीले रु. ३ अर्ब २५ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रु. ३ अर्ब ९ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४ दशमलव ९२ प्रतिशत बढी यो नाफा गरेको हो । यस अवधिसम्म कम्पनीले ८ दशमलव २१ प्रतिशत बढी रु. ४ अर्ब ७९ करोड ८८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । कम्पनीको वितरणयोग्य नाफा भने ३३ दशमलव ३८ प्रतिशत वृद्धि भई रु. १ अर्ब ९२ करोड १७ लाखभन्दा बढी रहेको छ । वितरणयोग्य नाफाको आधारमा कम्पनीको प्रतिफल १६ दशमलव ६२ प्रतिशत देखिएको छ । १९ प्रतिशत बोनस शेयर वितरण गरी रु. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार चुक्ता पुँजी पु¥याएको कम्पनीको जगेडा कोष रकम रिटेन्ड अर्निङसहित २१ दशमलव ३१ प्रतिशत बढी रु. ९ अर्ब १२ करोड ७९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. २८ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रु. १७९ रहेको छ । कम्पनीको प्रतिशेयर मूल्य रु. ९६९ रहेको छ । निष्कर्ष कम्पनीको ६३ दिने कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्यमा बुलिसमा रिभर्स हुन सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४० दशमलव ९० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव १६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीबारको शेयर मूल्य रु. ९६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ९५६ मा टेवा पाउने र महँगिए रु. १ हजार १५ मा प्रतिरोध पाउने देखिन्छ ।