एनआईसी एशियाको नाफा ४ अर्बमाथि

काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहेको छ । एनआईसी एशिया बैंकले ३८.८६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद नाफा बढेर ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ […]

सम्बन्धित सामग्री

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डेप्ट फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ७७ पैसा रहेकोमा फागुनमा बढेर १० रुपैयाँ ८४ पैसा पुगेको हो ।  न्याभसँगै फण्डको नाफामा पनि वृद्धि भएको छ । माघ मसान्तसम्ममा फण्डले रू. ४ करोड २८ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ७४ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको कुल आम्दानी रू. ५ करोड १ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ५ करोड ५८ लाख पुगेको छ ।  त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १९ करोड ८४ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. २१ करोड ५५ लाख पुर्‍याएको हो । फागुन मसान्तसम्ममा यस फण्डले ऋणपत्रमा रू. ३२ करोड ११ लाख लगानी गरेको छ । सो अवधिमा फण्डले मुद्दति निक्षेपमा रू. ८ करोड ७० लाख लगानी गरेको छ ।

एनआईसी एशिया सेलेक्ट ३० को न्याभ बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ १० पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ११ पैसा पुगेको हो ।  न्याभसँगै फण्डको नाफा पनि वृद्धि भएको छ । माघ मसान्तमा फण्डले रू. १ करोड ५४ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ७१ लाख पुगेको हो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ३२ लाख पुगेको छ ।  त्यस्तै यस फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८४ करोड ८९ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ८१ करोड १४ लाख थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. १९ करोड २५ लाख रहेको छ । सो अवधिमा फण्डको बैंक मौज्दात रू. ३१ करोड ८ लाख छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तमा कमायो रू. ८ करोड १३ लाख नाफा

काठमाडौं । एनआईसी एशिया  बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. ८ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा ३ प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. ७ करोड ८९ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ८ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ करोड २९ लाख पुगेको छ ।  त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३ पैसा पुगेको हो । फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६१ करोड ६२ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६५ करोड २४ लाख पुर्‍याएको हो । फागुन मसान्तसम्ममा फण्डको मुद्धति निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तमा कमायो रू. ८ करोड १३ लाख नाफा

काठमाडौं । एनआईसी एशिया  बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. ८ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा ३ प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. ७ करोड ८९ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ८ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ करोड २९ लाख पुगेको छ ।  त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३ पैसा पुगेको हो । फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६१ करोड ६२ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६५ करोड २४ लाख पुर्‍याएको हो । फागुन मसान्तसम्ममा फण्डको मुद्धति निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ ।  एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान

एनआईसी एशिया बैंकले लाभांश नबाँड्ने

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ५८१ औं बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यद्यपि, बैंकले २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी सोलाई स्वीकृत गर्ने निर्णय गरेको छ । सोको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय समेत बैंकले गरेको छ ।

३ महिनामै एनआईसी एशिया बैंकले कमायो १ अर्ब ७५ करोड नाफा

काठमाडौं, ७ कार्तिक। एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको पहिलो ३ महिनामै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो । बैंकले सोमबार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास (साउन, भदौ र असोज) महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले पहिलो त्रैमासमा ३ खर्ब ८ […]

एनआईसी एशिया क्यापिटलको लाभांश पारित

एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभाले इकाईधनीलाई चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित) का दरले हुने ११ करोड नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ […]

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ

एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड, सबै सूचकमा अब्बल

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिकसोहीअवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि हो ।यस्तै समीक्षा अवधिमा बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्‍याउन बैंक स