पद्म ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले नेपालभर होन्डा ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित दुई वटा प्रिमियम होन्डा सर्भिस सेन्टरको औपचारिक उद्घाटन गरेको छ। साथै कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ। नयाँ उद्घाटित सर्भिस सेन्टरमध्ये एउटा त्रिपुरेश्वर (टेकुबाट स्थानान्तरण गरिएको) र अर्को कान्तिपथस्थित ज्योति भवनमा सञ्चालनमा […]
मेटलाइफ नेपालले दुर्गम जिल्ला जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा विस्तार गर्दै बीमा तथा वित्तीय सुरक्षा सेवाको पहुँच ग्रामीण समुदायसम्म पुर्याउने अभियानलाई थप सुदृढ बनाएको छ। कम्पनीले जुम्लामा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्य राखेको हो। जुम्ला जस्तो दुर्गम क्षेत्रमा सीमित पूर्वाधार, बैंकिङ तथा वित्तीय सेवाको दूरी लगायत चुनौतीलाई सम्बोधन गर्ने लक्ष्यसहित […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खपत वृद्धि गर्दै निर्यात विस्तार गर्ने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले सरोकारवालासँग राय–सुझाव माग गर्दै तीन दिनभित्र प्रतिक्रिया दिन आग्रह गरेको छ। सुझाव समेटेर रणनीतिलाई अन्तिम रूप दिइने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने जनाइएको छ। मस्यौदामा देशभित्र विद्युत् खपत […]
ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर लगनखेल बसपार्क पुर्याइएको छ । जात्राको पहिलो दिन गाःबहाल पुर्याइएको रथलाई त्यसपछि मङ्गलबजार, सुनधारा र चाःबहाल हुँदै आइतबार लगनखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा वैशाख ५ गते पूजाअर्चनासहित विराजमान गराइएपछि वैशाख ८ गते रथ […]