राष्ट्रियस्तरका विकास बैंक : यस्तो छ नाफा र प्रतिसेयर आम्दानी
२१ साउन, काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकहरूले गत आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्ष २०७९/८० मा यी बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद …
मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ५५ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले २९ करोड ४१ लाख खुद नामा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ९५ करोड ६३ लाख पुगेको छ । गत वर्ष यही अवधिमा ५९ करोड रहेको खुद ब्याज आम्दानी पनि बढेर ८३ करोड ७६ लाख पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४.४५ रुपैयाँबाट २८.७३ रुपैयाँमा पुगेको छ ।यस अवधिमा बैंकले ९७ अर्ब १६ करोड निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । गत वर्षको यो अवधिमा बैंकले ८६ अर्ब ९० करोड निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो ।गत वर्षको प्रथम त्रैमासमा ०.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ०.२३ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited को नाफा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो ।बैंकको वितरणयोग्य नाफा ९३ करोड २७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २०.०९ रुपैयाँ छ ।बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ करोड ५ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९३ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।बैंकले कुल १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले चालु आर्थिक वर्षको ३ महिनामा २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १४ लाख खुद नाफा कमाएको थियो ।चालु आर्थिक वर्षको प्रथम त्रैमासको बैंकको नाफा गत वर्षको प्रथम त्रैमासको तुलनामा १ करोड ६ लाखले बढी हो । बैंकको वितरणयोग्य नाफा २ करोड ९२ लाख रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी ७९ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकको खुद व्याज आम्दानी ७६ करोड ९९ लाख रुपैयाँ थियो ।नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत वर्ष ११.३० रुपैयाँ रहेको बैंकको ईपीएस यस वर्ष १०.५० रुपैयाँमा झरेको छ । प्रथम त्रैमासमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
१० कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा एभरेष्ट बैंकको नाफा झिनो दरमा वृद्धि भएको छ । बैंकको नाफा ३.५१ प्रतिशतले बढेर ५३ करोडमा पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको सञ्चालन नाफा भने करिब १० प्रतिशतले बढेर ८३ …
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३० करोड खुद नाफा कमाएको छ। बैंक पहिलो वर्ष अर्ब कमाउन सफल भएको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ८९ करोड थियो। बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड छ। बैंकले हकप्रद तथा बोनसबाट सहजै ८ अर्बको लक्ष्य भेटाउने भएको छ। बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा…