विक्रम संवत् २०७८ साल राजनीति, अर्थनीति र कुटनीतिका कारण चर्चित रह्यो । संसद् विघटन र पुनस्र्थापना, एमाले, जसपा र राप्रपासम्मको विभाजन, केन्द्रदेखि प्रदेश सरकारसम्म नेतृत्व परिवर्तन, एमसीसीको रस्साकस्सीका कारण राजनीतिक क्षेत्र अस्तव्यस्त बन्यो । न्यायलय विवादित बन्यो । अर्थतन्त्रका सबै सूचक नकारात्मक रहँदा आर्थिक क्षेत्र पनि अस्थिर भयो । यस्तै वर्षको सुरुमा फेरि बल्झिएको कोरोना महामारी वर्षको अन्त्यमा आइपुग्दा झन्डै नियन्त्रणको अवस्थामा आइपुगेको छ ।राजनीतिक उथलपुथल नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी सङ्...