बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न शुक्रबार त्यस क्षेत्रमा गएको भूगर्भविद्को टोलीेले काम सुरु गरेको छ ।
शुक्रबार विहानदेखि भेमाथाङमा बसेर ड्रोनको प्राविधिक टोलीले ड्रोनमार्फत र भूगर्भविद्को टोलीले स्थानीय गाइडको सहायताले एकैसाथ सर्वे सुरु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले बताउनुभयो ।