१२ जेठ, गोरखा । गोरखामा सरकारी कार्यालयका सवारी साधान जनप्रतिनिधीहरुले बढी दुरुपयोग गर्ने गरेको पाइएको छ ।
सार्वजनिक बिदाको दिन अनुमति नलिइ सरकारी सवारी चलाउने मध्ये अधिकांश जनप्रतिनिधि रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
एक महिनाको अवधिमा २२ वटा सरकारी सवारी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । …