उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो छुट्टै सामाजिक सुरक्षा योजना अगाडि सारेको छ । यो योजनाले विशेष गरी आगलागीपीडित, गरिव, दीर्घ रोगी र असक्त ज्येष्ठ नागरिक लाभान्वित हुने भएका छन् ।
नगरपालिकाको सामाजिक सुरक्षा योजना कार्यक्रमअनुसार आगलागीबाट पीडित हुनेलाई क्षतिको अवस्था हेरेर पुनस्थापनाका लागि ५ हजार रूपैयाँदेखि ३ लाख रूपैयाँसम्म सहयोग गरिनेछ ।