लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–६ की सन्तुमाया बुढाप्रिथी विगतमा हरेक वर्ष दशैँ सुरु हुनु अगावै ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएको आफ्नो घर लिपपोत गर्नका लागि आवश्यक रातो माटो लिन उहाँ दिदिबहिनीहरुसँग मिलेर हाँडेटारसम्म पुग्नुहुन्थ्यो । टाढाबाट ल्याएको रातो माटो, कमेरो र कालीमाटीले घर लिपपोत गर्न जुट्नुहुन्थ्यो ।माटो, कमेरोले घर सिँगारेपछि बल्ल उहाँलाई दशैँ आएको मिठो आभास हुन्थ्यो । तर अहिले उहाँले घर लिपपोत गर्न छाड्नुभएको छ । अहिले गाउँमै सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरी नयाँ घर बन...