नवलपुर – देवचुली नगरपालिका १५ कि सीतादेवी पौडेल अहिले ६० वर्षको हुनुभयो । उहाँको जीवनकालमा ५० वटाभन्दा धेरै दशैँको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०–१२ वटा दशैँ भने सीतादेवीलाई दशैँजस्तो लागेको छैन । झन्डै १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परैजाओस् तिनलाई देख्नसमेत नपाएको उहाँ बताउनुहुन्छ ।
‘जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा केही दिन अघिदेखि नै पहेँलो रङ र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दशैँ आए ...