नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेकाले सजग रहनुपर्ने बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकपछि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले देश नै गम्भीर अवस्थामा पुगेको बताए ।‘देश नै गम्भीर अवस्थामा छ । अनेक हिसाबले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ’, ओलीले भने, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् ।’ उनले सत्तारुढ गठबन्धन आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको भन्दै जे गर्न पनि तयार ह