प्रतिआना मासिक साढे नौ रुपैयाँ पशुपतिको जग्गा भाडा

पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ। कोषले व्यापारिक निकाय हायात होटललाई एक आना जग्गा लिजमा दिएबापत मासिक नौ रुपैयाँ ५० पैसा भाडा लिइरहेको छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ। तर, वास्तविकता…

सम्बन्धित सामग्री

दुई वर्षसम्म काम शुरु नभएपछि बहुउद्धेश्शीय ‘भरतपुर मेट्रो प्लाजा’ को ठेक्का रद्ध

चितवन । भरतपुर महानगरपालिकाको गौरवको विषय मानिएकोे ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडिएको छ । तीनअर्ब लागतमा निर्माण गर्न लागिएको ठेक्का लागेको दुई बर्ष नाघ्दा समेत काम सुरु नभएपछि भरतपुर महानगरपालिकाले आर्या विल्डर्स इन्जिनियरिङ संगको ठेक्का रद्ध गरेको  हो । २०७८ साल भाद्र महिनामासार्वजनिक नीजि साझेदारी (पिपिपि) मोडल अन्तरगत तीन बर्षमा निर्माण गर्ने भनिएपनि ठेक्का पाएको कम्पनीले काम शुरु नगरेपछि बिहिबार बसेको कार्यपालिकाको बैठकले सम्झौता तोडेको प्रशासयिक अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । ‘पटक पटक पत्राचार गर्दा समेत निर्माण कम्पनीले काम सुरु नै गरेन,’ प्रशासकीय अधिकृत रानाले भने ‘बिहान बसेको कार्यपालिको बैठकले उनीहरुसंगको ठेक्का तोड्ने निर्णय गरेको छ ।’ कुनै कामनै शुरु नगरेपछि महानगरपालिकाले निर्माण कम्पनीलाई एक महिना अघि फाइनासियल क्लोजर, वातावरण मुल्यांकन, वर्क सेडुल, पेश गर्न मंसिर २० गतेसम्मको म्याद दिइएको थियो । कम्पनीले समयमा पेश नगरेपछि ठेक्का रद्द गरिएको हो । ठेक्का रद्दसंगै निर्माण कम्पनीलाई महानगरपालिकाले कारबाही समेत गरेको छ । ‘एक करोड २० लाख धरौती रकम जफत हुन्छ । उसले महानगरलाई ३५ लाख रुपैयाँ दिन बाँकी छ त्यो पनि असुल गरिन्छ’, आर्थिक महाशाखा प्रमुख जगन्नाथ अर्यालले भने ‘अहिले उसलाई कारबाही गर्न सक्ने भनेको यही हो ।’ ठेक्का रद्द भएपछि नयाँ प्रकृयाबाट निर्माण गरिने  उनले बताए । ‘सार्वजनिक नीजि साझेदारी कार्यक्रममा यही नै हुन्छ भन्ने छैन । पहिले ठेक्का खुलाउँदाको दोस्रो विलिङको कम्पनीलाई निर्माण गर्न दिन पनि सकिन्छ । नयाँ ठेक्का खुलाउन पनि सकिन्छ’, उनले भने, ‘अहिले के गर्ने भन्ने केही निर्णय भएको छैन ।’ दोस्रोमा भारतीय इनोभेटिभ कम्पनी थियो । रद्द गरेको निर्माण कम्पनी भने हाल सम्पर्कमा आउन चाहेको छैन । आर्या विल्डर्स इन्जिनियरिङ प्रा.ली बिच महानगर र आर्यबीच २०७८ साउन २४ गते तीन बर्षमा सक्ने गरी सम्झौता भएको थियो । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा निजी क्षेत्रले करिब तीन अर्ब लगानी निर्माण हुन लागेको थियो । तीन वटा बेसमेण्ट पार्किङ सहितको १२ तले सुविधासम्पन्न भवन बनाउने सम्झौता भएको थियो  । यहाँ चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु लगायतको डिपीआर तयार गरिएको थियो । कम्पनीलाई तीन बर्षमा निर्माण सम्पन्न गर्ने र २७ बर्ष व्यवसाय सञ्चालन गर्न दिने गरी ३० बर्षका लागि दिइएको थियो । त्यसपछि सो सम्पती महानगरपालिकाको स्वामित्वमा आउने गरी सम्झौता गरिएको अर्यालले जानकारी दिए । ३० वर्षमा निर्माण कम्पनीले करिब ८५ करोड राजश्व दिने सम्झौता भएको उनले सुनाए । मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने लक्ष्य राखिएको थियो । पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिने भनिएको थियो । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्व सहित एक करोड ५३ लाख ७५ हजार रुपैयाँ लिने सम्झौतामा उल्लेख थियो । राजश्व हरेक दुई वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए ।

जग्गा भाडा प्रतिवर्गमिटर आठ रुपैयाँ बनाउन निर्देशन

भैरहवा– देशकै पहिलो भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनका लागि जग्गा भाडा मासिक ८ रुपैयाँ प्रतिवर्गमिटर हुने गरी कार्यविधि बनाउन उद्योग मन्त्री रमेश रिजालले निर्देशन दिएका छन् । भैरहवा सेजमा रहेका आठ उद्योगले मासिक प्रतिवर्गमिटर २० रुपैयाँका दरले भाडा बुझाउँदै आएका छन् । विशेष आर्थिक क्षेत्रमा प्राधिकरणले उद्योग स्थापनाको पहिलो वर्ष भाडामा ५० प्रतिशत […]

भक्तपुरमा कुखुरा फार्ममा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति

भक्तपुर - भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्राेइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ ।  हिजाे भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिइ काठमाण्डौ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएकाे हाे । आगलागीबाट कुखुराको चल्ला र फार्म जल्दा नौ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।  कुखुराको चल्लालाई तापक्रम दिनका लागि बा...

१८ रुपैयाँ खर्चेर उब्जाएको तरकारी ७ रुपैयाँमा बेच्दैछन् किसान

२४ माघ, काठमाडौं । चितवनको भरतपुर १६ मा तरकारी खेती गर्ने धनु अधिकारी अहिले गोलभेंडा प्रतिकेजी ७ रुपैयाँमा बेच्दैछिन् । राम्रो मूल्य पाएको दिनमा १० रुपैयाँसम्म पाउँछिन् । तर एक केजी गोलभेंडा उत्पादन गर्न १८ रुपैयाँ खर्च भएको उनको हिसाब छ, जसमा जग्गा भाडा, खनजोत, टनेल, मल, बीउ, विरुवा उत्पादन, सिँचाइ, विषादीदेखि ज्यालासम्म पर्छ । […]

हावाहुरीले रू. ४५ करोड बराबरको केरा क्षति

चितवन (अस) । गत ६ जेठमा चितवनमा परेको असिनापानी तथा हावाहुरीले ४५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । चितवन केरा उत्पादक संघ चितवनका अनुसार जिल्लामा १ हजार बिगाहामा लगाइएको केराखेती पूर्णरूपमा क्षति भएको छ । सानो ठूलो क्षेत्र गरी किसानले लगाएको केराखेतीको करीब  ८० प्रतिशतमा क्षति पुगेको संघका महासचिव जनकराज पन्तले जानकारी दिए । ‘हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति भएको छ,’ पन्तले भने, ‘केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन् ।’ विगतका वर्षमा हावाहुरीले आंशिक रूपमा क्षति गरे पनि अहिले बजारमा लैजान तयार भएका केराको बोटमा क्षति भएको उनले बताए । पश्चिम चितवनमा त्यति क्षति नभए पनि केराको पकड क्षेत्र मानिएको पूर्वी चितवनमा भने पूर्णरूपमा क्षति भएको संघको दाबी छ । चितवनमा ७५० जना किसानले ३ हजार ५०० बिगाहामा व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । केराखेतीमा आबद्ध किसानमध्ये ३०० जनाले मात्र केराको बीमा गरेका संघको तथ्यांक छ । व्यावसायिक रुपमा रत्ननगरमा केराखेती गर्दै आएका बाबुराम भट्टको १२ बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । बगानका ८० प्रतिशत केरा नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको नोक्सान भएको उनले बताए । अर्का किसान ऋषि गुरुङको १८ बिगाहामा लगाइएको केराखेती नष्ट हुँदा २० लाख रुपैयाँ बराबरको नोक्सान भएको छ । केरा बगानको ७५ प्रतिशत केरा नष्ट भएको उनले बताए । ‘केरामा लाग्ने रोगले भन्दा पनि अहिले हावाहुरी र असिनापानीले बढी क्षति गर्‍यो,’ गुरुङले भने, ‘तयार भएर बजारमा लैजान तयार हुन लागेको पनि केही बाँकी रहेन । भर्खर कोसा लाग्दै गरेको पनि सखाप भयो ।’ महासचिव पन्तको साढे २ बिगाहा क्षेत्रफल जमीनमा लगाएको केराखेती नष्ट भएको छ । केराखेती नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । क्षतिका कारण आफूले गरेको लगानी समेत नउठ्ने र जग्गा भाडा समेत तिर्न नसक्ने अवस्था सृजना भएको उनको भनाइ छ । रत्ननगर–५ झुवानीमा केराखेती गर्दै आएका शिवकान्त न्यौपानेको सात बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । चितवनमा रत्ननगर, कालिका, खैरहनी, राप्ती र भरतपुरमा केराखेती हुँदै आएको छ । जिल्लामा वार्षिक ७० हजार टन  बढी अर्थात् दुई अर्ब मूल्य बराबरको केरा उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको केरा ७० प्रतिशत काठमाडौं उपत्यका र बाँकी ३० प्रतिशत देशका अन्य ठाउँमा विक्री हुने गरेको छ ।

चितवनमा हावाहुरीबाट केरा खेतीमा  ४५ करोड बराबरको क्षति पुगेको अनुमान

जेठ १४, चितवन  । चितवनमा गत जेठ ६ गते आएको असिनापानीसहितको हावाहुरीले ४५ करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति अनुमान गरिएको छ । चितवन केरा उत्पादक संघ चितवनका अनुसार जिल्लामा १ हजार बीघामा लगाइएको केराखेती पूर्णरुपमा क्षति भएको हो । ठूलो क्षेत्रफलमा केराखेती गरिरहेका र सानो क्षेत्रफलमा लगाइएको केराखेती गरी हावाहुरी र असिनापानीले औषत  ८० प्रतिशतसम्म क्षति भएकोे संघका महासचिव जनकराज पन्तले जानकारी दिए । ‘हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति भएको छ । केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले गरेका छैनन्’, उनले भने ।  विगतका वर्षहरुमा हावाहुरीले आंशिक रुपमा क्षति गरेपनि अहिले बजारमा लैजान तयार भएका केराको बोटमा क्षति हुँदा उक्त रकम बराबरको क्षति अनुमान गरिएको पन्तले बताए । पश्चिम चितवनमा त्यति क्षति नभएपनि केराको पकड क्षेत्र मानिएको पूर्वी चितवनमा भने पूर्ण रुपमा क्षति भएको संघको भनाइ छ ।  चितवनमा ७५० जना किसानले ३ हजार ५०० बीघामा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । तर ३०० जना किसानले मात्र विमा गरेका छन् । व्यावसायिक रुपमा रत्ननगरमा केराखेती गर्दै आएका बाबुराम भट्टको १२ बीघामा लगाएको केराखेती नष्ट भएको छ । बगानका ८० प्रतिशत केरा नष्ट भएको र १५ लाख रूपैयाँ नोक्सान भएको किसान भट्टले बताए ।  अर्का किसान ऋषि गुरूङको १८ बीघामा लगाएको केराखेती नष्ट हुँदा २० लाख बराबरको नोक्सान भएको छ । बगानको ७५ प्रतिशत केरा नष्ट भएको गुरूङले बताए । ‘केरामा लाग्ने रोगले भन्दा पनि अहिले हावाहुरीले बढी क्षति भयो, गुरुङ्गले भने, ‘तयार भएर बजारमा जान लागेको पनि केही छैन, भर्खर कोसा लाग्न लागेको पनि सखाप भयो ।’  महासचिव पन्तको साढे २ बिघा क्षेत्रफलमा लगाएको केराखेती नष्ट भएको छ । केराखेती नष्ट हुँदा १२ लाख रूपैयाँ क्षति भएको उनले बताए । आफूले लगानी र खर्च त परै जाओस जग्गा भाडा पनि तिर्न नसक्ने अवस्था रहेको उनले बताए ।  रत्ननगर–५, झुवानीमा केराखेती गर्दै आएका शिवकान्त न्यौपानेको सात बीघामा लगाएको केराखेती नष्ट भएको छ । चितवनमा रत्ननगर, कालिका, खैरहनी, राप्ती र भरतपुरमा केराखेती हुने गरेको छ । जिल्लामा वार्षिक ७० हजार टन  बढी अर्थात् २ अर्ब रुपैयाँ बराबरको केरा उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको केरा ७० प्रतिशत काठमाडौं र बाँकी ३० प्रतिशत देशका अन्य सहरहरुमा विक्री हुने गरेको छ ।

पशुपतिको जग्गा भाडा : प्रतिआना मासिक साढे नौ रुपैयाँ

पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो