महिलाहरु आपसमा भिडेपछि छुट्याउनु मेरो कर्तव्य होः कुन्ती शाही

राप्रपा महामन्त्री कुन्ती शाहीले पार्टीको महिला संगठनका नेत्रीहरु आपसमा भिडेपछि आफू छुट्याउन पुगेको बताएकी छन् । असार २६ गते पार्टी कार्यालय धुम्बाराहीमा महिलाहरूको छलफलका क्रममा भएको कुटाकुटमा शाहीको  संलग्नता रहेको अध्यक्ष अञ्जना शाह रावलले आरोप लगाएपछि उनले आफू छुट्याउन पुगेको बताएकी हुन् । ‘राप्रपा केन्द्रीय कार्यालयमा मिति २०७९ असार २६ गते महिलाहरूको छलफलमा विवाद भई झैझगडाको रूप हुँदा महिला संगठनको अभिभावकको रूपमा सो कार्यको समाधान गर्नु मेरो जिम्मेवारी हो’, उनले मंगलब

सम्बन्धित सामग्री

सांसदले यस्ता काम पनि गर्न सक्छन् भन्ने देखाउन चाहन्छु : कुन्ती शाही

काठमाडौं, २६ कार्तिक । दैलेख १ का राप्रपाकी उम्मेदवार कुन्ती शाहीले भ्रष्टाचारमुक्त सुशासनयुक्त दैलेख, स्वरोजगार सिर्जना, तालिम केन्द्र स्थापना, कृषिका पकेट क्षेत्र सहितकी २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरिन् ।  प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्, ‘दैलेख यस्तो जिल्ला हो, जहाँ आँप र स्याउ फल्न सक्छ । […]

पहिलो पटक दैलेख–१ बाट राप्रपा महामन्त्री कुन्ती शाही प्रतिनिधि सभा चुनाव लड्दै

राप्रपाकी महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छन् । आइतबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने जानकारी उनले गराएकी छन् ।  शाहीले भ्रष्टाचारका विरुद्ध ,स्वाधीन अर्थतन्त्रको पक्षमा, आवाज विहिन गरिब  महिला, युवा, दलित, बृद्ध, किसान, श्रमिकका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । ‘दैलेखलाई पर्यटन प्रबर्द्धन, बलियो पुर्वाधार,आधुनिक कृषि, व्यवस्थित विद्युतिय उर्जाबाट सबल र सक्षम दैलेख बनाउनु छ,’उनले भनेकी छन्

कुन्ती शाही दैलेख–१ बाट सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्रीमा कुन्तीकुमारी शाहीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस गरेको छ ।  महामन्त्री शाहीलाई शनिबार बसेको पार्टीको बैठकले क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो ।राप्रपामा स्थापना कालदेखी पार्टीमा विभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहेकी नेतृ शाही दुईपटक राज्यमन्त्री भैसकेकी छन् । नेतृ शाही दैलेखमा युवाहरुमाझ लोकप्रिय रहेकी छन् ।

रेखा थापाले भेटिन् ओलीलाई, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । भेटबारे अनलाइनखबरसँग कुरा गर्दै रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् । ‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत […]

राप्रपाका महिलाको बैठकमा बबण्डर, कुन्ती शाही नै कुटपिटमा उत्रेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको बैठकमा रडाको मच्चिएको छ । पार्टीकी महामन्त्री कुन्ती शाही नै भौतिक आक्रमणमा उत्रिएको संगठनकी अध्यक्ष अञ्जना रावलले आरोप लगाएकी छन् ।

कुन्ती शाही ‘हाँसोको पात्र’ बनेपछि रेखा थापाको याद

काठमाडौं, १२ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा अतिथिका रुपमा पुगेका नेताहरुले महत्वपूर्ण सम्बोधन गरे । कसैले ताली पाए त कसैले आलोचना । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही भने हाँसोको पात्र बनिन् । शाहीले भाषणमा पटक पटक गल्ती गरिन् । कहिले शेरबहादुर देउवालाई काँग्रेस अध्यक्ष भनिन् त कहिले एमाले महासचिव ईश्वर पोखरेल […]

माओवादी महाधिवेशनमा राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा किन हाँसे सबै ?

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही । उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु । सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले […]

रेखा थापा पराजित गर्दै कुन्ती शाही महामन्त्रीमा निर्वाचित

काठमाडौं : राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्।कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।

राप्रपा महाधिवेशनमा रेखा थापालाई पराजित गर्दै कुन्ती शाही बिजयी

न्युज अफ नेपाल काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापालाई पराजित गर्दै कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी हुन् । आइतबार बिहान मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको […]