पहिलो पटक दैलेख–१ बाट राप्रपा महामन्त्री कुन्ती शाही प्रतिनिधि सभा चुनाव लड्दै

राप्रपाकी महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छन् । आइतबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने जानकारी उनले गराएकी छन् ।  शाहीले भ्रष्टाचारका विरुद्ध ,स्वाधीन अर्थतन्त्रको पक्षमा, आवाज विहिन गरिब  महिला, युवा, दलित, बृद्ध, किसान, श्रमिकका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । ‘दैलेखलाई पर्यटन प्रबर्द्धन, बलियो पुर्वाधार,आधुनिक कृषि, व्यवस्थित विद्युतिय उर्जाबाट सबल र सक्षम दैलेख बनाउनु छ,’उनले भनेकी छन्