राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।