यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गत चैत १३ गते नियुक्त भएका उनीहरुले आगामी जेठ मसान्तसम्म स्थानीय तहमा रहेर काम गर्नेछन् । निर्वाचन सम्पन्न गरी उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिने तथा गाउँ तथा नगर कार्यपालिकाको चुनाव गराएर मात्रै उनीहरुको काम सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।