३ महिनाका लागि भारतबाट विद्युत् ल्याउने बाटो खुल्यो

काठमाडौं । भारतले नेपाललाई दिने विद्युत्को सम्झौता नवीकरण भएको छ । भारतले नेपालमा निर्यात गर्ने सम्झौता ३ महिना थप गरेको हो । भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीनसम्म नेपालले विद्युत् आयात गर्न पाउने छ । नयाँ सम्झौता अनुसार ५५४ मेगावाट विद्युत् नेपालले आयात गर्न पाउने छ । भारतले नेपाललाई विद्युत् निर्यातको सम्झौता नगरेको भएर नेपाली बजारमा विद्युत् […]

सम्बन्धित सामग्री

विद्युत् निर्यातको बाटो खुल्यो, उत्पादनमा राज्यकै अवरोध

१० हजार मेगावाट निर्यातको सपना देख्ने अनि १० मेगावाटका आयोजनाको पीपीए मात्रै खोल्ने अचम्म तरक्की विद्युत् प्राधिकरणले गरेको छ ।

१० हजार मेगावाट विद्युत् निर्यातको ढोका त खुल्यो, तर कसरी ?

प्रतियुनिट औसत १० रुपैयाँमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने हो भने वर्षमा करिब ९ खर्ब रुपैयाँ नेपाललाई आम्दानी हुनेछ

तीन वर्षपछि खुल्यो विद्युत् खरीदविक्री सम्झौता

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले करीब ३ वर्षपछि विद्युत् खरीदविक्री सम्झौता (पीपीए) खुलाएको छ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको खरीदविक्री सम्झौता (पीपीए) का लागि प्रवद्र्धक कम्पनीहरूलाई आह्वान गरेको हो । प्राधिकरणले मंगलवार सूचना प्रकाशित गरी पीपीएका लागि आह्वान गरेको छ ।  आरओआर आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा ६ हजार ७ सय ५० मेगावाट र पीआरओआरका लागि तोकिएको माथिल्लो सीमा ४५ सय मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णयअनुसार प्रवद्र्धक कम्पनीहरूलाई आह्वान गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवद्र्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवद्र्धक कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पीपीएका लागि निवेदन दिन भनेको छ । प्राधिकरणसँग ग्रीड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोलक्रमअनुसार पीपीएको कारबाही प्रक्रिया अघि बढाउने प्राधिकरणले जानकारी दिएको छ । तर, कतिपय जलविद्युत् कम्पनीहरूलाई वित्तीय व्यवस्थापन र आईई जस्ता समस्याले गर्दा तत्काल सम्झौता गर्न जान समस्या रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । प्राधिकरणले भने तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोलक्रमका आधारमा ग्रीड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख गरेको छ ।

दीर्घकालीन विद्युत् व्यापारको बाटो खुल्यो

काठमाडौं । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । यसले नेपालका लागि दीर्घकालीन विद्युत् व्यापारको बाटो खोलेको छ । यसअघि दुवै देशका प्रधानमन्त्रीबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिलाई भारतीय मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मंगलवार सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा भारतीय मन्त्रिपरिषद्ले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने निर्णय गरेको उल्लेख गर्दै यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका छन् । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा विद्युत् व्यापारसम्बन्धी दुईपक्षीय सहमति भए पनि भारतको मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी रहेकाले भारतीय पक्षबाट नेपालको प्रस्ताव स्वीकृत भएको छैन । भारतले नेपालको प्रस्ताव स्वीकृत गरेसँगै दुवै देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने र नेपाललाई दीर्घकालीन विद्युत् व्यापारको बाटो खुल्ने ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए । ‘उक्त सम्झौताले अहिले भारतमा मात्रै विद्युत् व्यापार गर्ने भन्ने खालको देखाए पनि दीर्घकालमा अन्य देशमा विद्युत् निर्यातका लागि समेत कोसेढुंगा सावित हुनेछ । यसले नेपालको विद्युत् क्षेत्रमा निजी लगानी समेत प्रोत्साहन गर्नेछ,’ उनले आर्थिक अभियानसँग भने । दुई देशबीचको सम्झौताले नेपालको ऊर्जाक्षेत्रका लागि अझै प्रशस्त सम्भावना उजागर गरेको उनको भनाइ छ । उनका अनुसार निर्यात गर्ने भइसकेपछि नेपालले निर्यातका लागि प्रशस्त मात्रामा पूर्वाधार निर्माण गर्छ र अहिले निर्माणको चरणमा रहेका आयोजनाबाहेक अन्य ठूला आयोजना निर्माणका लागि निजीक्षेत्र उत्साहित हुनेछ । हाल नेपाल विद्युत् प्राधिकरणले ४५२ मेगावाटभन्दा बढी बिजुली बेच्न नसकेर खेर गएको अवस्था छ । उत्पादित बिजुली खेर जाने भएपछि नेपालले भारतसँग दीर्घकालीन रूपमा विद्युत् व्यापार गर्ने योजना बनाएको थियो । नेपालले भारतलाई वर्षभर समान परिमाणमा बिजुली बेच्न सक्ने अवस्था अहिले नभएकाले घरेलु खपतको अवस्था हेरी वर्षामा बढी बिजुली उत्पादन हुँदा बढी र हिउँदमा कम भारत पठाइने भेटुवालले बताए । उनका अनुसार भारतसँग उक्त सम्झौता भएपछि नेपालले २५ वर्षसम्म बिजुली बेच्न सक्नेछ । यसले भारतबाहेक अन्य देशमा पनि विद्युत् निर्यातको बाटो खोल्न सक्ने सरोकारवाला बताउँछन् । बंगलादेशसँग विद्युत् व्यापारको कुरा चलिरहेकाले अन्य देशमा विद्युत् निर्यातको बाटो खुल्ने कुरामा सबैभन्दा पहिले त बंगलादेशकै नाम आउने र विस्तारै अन्य देशमा पनि यो क्रम बढ्न सक्ने पूर्वऊर्जा सचिव देवेन्द्र कार्की बताउँछन् । उनका अनुसार बंगलादेशसँग पर्याप्त ऊर्जा छैन, जसले गर्दा उसले भारतले भन्दा बढी बिजुली किन्न सक्छ । ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बेइजिङसँग पनि विद्युत् व्यापारको सम्झौता गर्ने भन्ने छ । त्यसले पनि केही सम्भावना देखाएको छ,’ उनले भने, ‘यदि अहिले सुनिए जस्तो भारतले आफ्नै लगानीमा निर्माण गर्न लागेका ठूला विद्युत् आयोजनाको बिजुलीलाई पहिलो प्राथमिकता दिने हो भने चाहिँ त्यसले नेपाललाई फाइदा गर्दैन ।’  त्यस्तो भयो भने त्यसपछि नयाँ बन्ने थप आयोजना पनि उसैले बनाउन खोज्ने र ऊर्जाक्षेत्रमा काम गरिरहेका अन्य निजी संस्थालाई फाइदा नहुने उनको भनाइ छ ।

भारतको रियल टाइम मार्केटमा नेपालको विद्युत् बेच्ने बाटो खुल्यो

नेपालले भारतको रियल टाइम (वास्तविक समय) मार्केटमा विद्युत् खरिद–बिक्री गर्न पाउने भएको छ । भारतले क्रस बोर्डर विद्युत् व्यापारसम्बन्धी निर्देशिका, २०१८ को पहिलो संशोधन गर्दै नेपालसहित भुटान, बंगलादेश र म्यानमारलाई रियल...

कोहलपुर सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

जाजरकोट, १३ मङ्सिर । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो । हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राद्यिकरण प्रयोग गरे वापत अर्को जग्गा निकुञ्जलाई दिनका लागि प्रक्रिया सुरु […]

विद्युत् प्राधिकरणमा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ। लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ। प्राधिकरणले एक सह निर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उप प्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ। योग्यता पुगेका उम्मेदवारले असोज २० […]

बल्ल प्रसारण लाइनको बाटो खुल्यो

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासी समस्यामा छन्।...

छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुल्यो : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् ।मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताइन् । उनले भारतमा विद्युत व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको […]

विद्युत व्यापारको बाटो खुल्यो : उर्जामन्त्री भुसाल

उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको...