बजेटः सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ निर्देशित

आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित

सम्बन्धित सामग्री

‘बजेटले निजीक्षेत्रको मनोबल उच्च पारेको छ’

काठमाडौं । नेपाल हस्तकला महासंघले आर्थिक वर्ष २०८०/८१ को बजेटले निजीक्षेत्रको मनोबल उच्च पारेको बताएको छ । दिगो एवं फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट लक्षित रहेको महासंघको धारणा छ । महासंघले सरकारी र निजीक्षेत्रको सहकार्यमा उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर वृद्धि गर्न बजेटले उठाएका विषय सकारात्मक भएको बताएको हो । स्वदेशी श्रम र कच्चा पदार्थमा आधारित अधिकतम मूल्य अभिवृद्धि हुने हस्तकलाका वस्तुको आन्तरिक खपत तथा बजार प्रवद्र्धनका लागि नेपाल सरकारले उक्त वस्तुहरू प्रयोग गर्ने व्यवस्था भएमा हस्तकला आन्तरिक बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने महासंघको सुझाव छ । हस्तकला क्षेत्रमा रहेका परम्परागत शीप तथा प्रविधि संरक्षण गर्न नयाँ पुस्तामा उक्त शीप तथा प्रविधि हस्तान्तरण गनुपर्ने महासंघले बताएको छ । यसका लागि आवश्यक तालीम सञ्चालन गर्न बजेट विनियोजन गरिनुपर्ने महासंघको माग छ ।

हस्तकलाले गर्‍यो बजेटको स्वागत

नेपाल हस्तकला महासंघले आगामी वर्षको बजेटलाई स्वागत गरको छ । निजी क्षेत्रको मनोबल उच्च पार्ने र दिगो एवं फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट लक्षित हुने कुरा सराहनीय रहेको उल्लेख गरेको छ । प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने युवालाई देशभित्र आर्थिक गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्यमशीलता विकास […]

बजेटको लक्ष्य- समृद्धि, सुशासन र सामाजिक न्यायः अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेटको लक्ष्य समृद्धि, सुशासन र सामाजिक न्यायप्रति लक्षित हुने बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित भएको उनले बताए । उनले भने, ‘आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने र पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचमा […]

जनताको क्रयशक्ति बढाउन आवश्यक छः ऊर्जामन्त्री भुसाल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएका छन्। काठमाडौँमा सोमबार युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१÷२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा मन्त्री भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन्। उनले कृषि, पर्यटन र ऊर्जाबाटै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने […]

जनताको क्रयशक्ति बढाउन आवश्यक छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएकी छन्।सोमबार काठमाडौंमा युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१÷२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन्। उनले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन्।मन्त्री भुसालले कृषि, पर्यटन र ऊर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलस्रोत लगायतका प्र

‘बन्देजकारी नीतिले अर्थतन्त्र सबल हुँदैन’

अनुदार तथा बन्देजकारी नीति एवं निर्णय गर्न नसक्ने शासकीय प्रवृत्तिले सबल अर्थतन्त्र निर्माण हुन नसक्ने सरोकारवालाले बताएका छन् । इकोनोमिक डिस्कसन फोरमले शनिबार आयोजना गरेको ‘नेपालको आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ विषयक कार्यक्रमका वक्ताले कुनै नयाँ विषय बहस तथा प्रयोगमा आउँदा नेपालले त्यसलाई सजिलै ग्रहण गर्न नसक्ने गरेको धारणा राखे ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् । आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताए। ‘बजेट निर्माणपूर्व सरोकारवाला […]

नीति तथा कार्यक्रम समग्रमा सकारात्मक : नेपाल घरेलु तथा साना उद्योग महासंघ

कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गरी सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।निजी क्षेत्रबाट दिएको सुझावलाई समेत समेटेको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगारः आफ्नो उत्पादन आफ्नै व्यापार […]