अनुदार तथा बन्देजकारी नीति एवं निर्णय गर्न नसक्ने शासकीय प्रवृत्तिले सबल अर्थतन्त्र निर्माण हुन नसक्ने सरोकारवालाले बताएका छन् । इकोनोमिक डिस्कसन फोरमले शनिबार आयोजना गरेको ‘नेपालको आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ विषयक कार्यक्रमका वक्ताले कुनै नयाँ विषय बहस तथा प्रयोगमा आउँदा नेपालले त्यसलाई सजिलै ग्रहण गर्न नसक्ने गरेको धारणा राखे ।