कोरोना कहर : विदेशी पर्यटक अलपत्र

मनाङ / नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् ।  वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल

सम्बन्धित सामग्री

निशानको यात्रा संस्मरण : लाङटाङको 'रिभरसाइड' क्षेत्र र 'हार्डरक क्याफे'

एक पत्रकारले भनेका थिए  विदेशी पर्यटकहरू त्यस्ता ठाउँ जान रूचाउँछान कि त्यो स्थानमा  कुनै पनि ठूलो दैविक प्रकोप वा द्वन्द्व सकिएको होस् । यसमा उनको फरक तर्क थियो । द्वन्द्व सकिएपछि त्यहाँ सुरक्षा बढी हुन्छ भने विपत्ती पछि त्यहाँ बन्ने संरचना नयाँ र मजबुत बनाइएको हुन्छ । यस्तो स्थानमा आम पर्यटक कम हुन्छन् बाठो पर्यटक बढी पुग्छन् । किनकी त्यहाँ हरेक कुरामा सतर्कता अपनाइन्छ अनि पर्यटक आकर्षित गर्ने विभिन्न अफर पनि ल्याइन्छ ।  उनले उदाहरण दिँदै थप भनेका छन्,  'भारतमा ताज होटलमा आक्रमण भएपछि त्यहाँ पर्यटन कम आए, सरकारले उच्च सुरक्षा सतर्कता सहित स्किम ल्यायो । जसको कारण आन्तरिकभन्दा बाह्य पर्यटकको आगमन बढ्यो । सुरक्षा र सस्तो पनि पाएपछि बाठो पर्यटक यहाँ पुगेको उनको निष्कर्ष थियो ।  नेपालको  लामटाँङ क्षेत्र पनि यस्तै स्थानमा पर्छ । यस स्थानमा पनि भूकम्प र कोरोना कहर पछि नै पर्यटकको चहलपहल बढेको हो । पहिले पहिले विदेशी पर्यटक मात्रै पुग्ने यस स्थानमा अहिले आन्तरीक पर्यटकको पनि बाक्लो उपस्थिति देखिन्छ । पहिले वर्षमा मुस्किलले १०० जना नेपाली पर्यटक आउँथे, अहिले दैनिक १०० आन्तरिक पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पेम्वा तामाङ बताउँछन् ।  यो पंत्तिकार पनि गत चैत्रको २९ गते बिहान महाराजगञ्जबाट साथी समन शर्मा सहित लाङटाङ यात्रामा निस्किएको थियो । नुवाकोट हुँदै करीब १२० किलोमिटरको यात्रा पार गरेपछि स्याफ्रुबेशी पुगिन्छ । स्याफ्रुबेशीमा बाइक राखेर १६ किमिको यात्रापछि साँझ र्‍याम्चु पुगियो । जंगलको बीचमा ३ ओटा मात्रै घर थिए  ।  यहाँ पुगेर खाना खाने भयौं । म सर्वभोगी थिए, साथि भने ननभेज । त्रिशूलीनै हालेको जस्तो दाल र मस्यौराको तरकारी त्यहि पनि समन एक्लैले झ्वाम पार्दियो । त्यहाँ पुग्दा नपुग्दै म भने विरामी परीसकेको थिएं ।  भूकम्प अगाडी मानिस लाङटाङमा बास बस्थे । अहिले भने क्याँङजिङ गुम्बा  पर्यटकीय हब बनेको रहेछ । यसको कारण रहेछ ०७२ को बिनासकारी भूकम्प र त्यसको क्षति । यो भूकम्पको समय सबैभन्दा बढी क्षती भएको  स्थान पनि हो । भिरालो स्थानमा रहेको लाङटाङमा ठूलो क्षति भएपछि पहिले गोठमात्रै रहेको क्याँङजिङ भन्ने स्थानमा बस्ती सरेको रहेछ । यसकारण पनि यहाँ आधुनिक घर होटल प्रशस्तै बनेका रहेछन् । नाकै ठोकिने उकालो चढ्दै यहाँ सम्म आउन हामिले १० घण्टामा २४ किमी  पैदल यात्रा गरिसकेका थियौं ।  लाङटाङ- क्याँङजिङ यो रूटमा एउटा चर्चित नाम रहेछ 'लामा होटल' । यो होटलको नामभन्दा पनि ठाउँकै नामले बढी प्रख्यात रहेछ । यहाँ पर्यटकका लागि राम्रै सुविधाहरू पनि छन् । यो रूटमा यात्रा गर्दा बस्नै पर्ने स्थानमा पर्छ यो । यस्तै यहाँ रिभरसाइड भन्ने स्थान पनि छ । झ्याप्प सुन्दा ठूलै पर्यटकिय क्षेत्र हो जस्तो लाग्ने । तर, अचम्म लाग्ने कुरा के छ भने लाङटाङ रिभरको छेउमा एउटा सानो घर छ । त्यसलाई नै रिभरसाइड भनिदो रहेछ । यसपछि पुगिने स्थान  घोडा तवेला हो । यो स्थानबाट बाट दृष्य हेर्न र क्यामेरामा कैद गर्न चाहनेका लागि अति नै राम्रो छ ।  ट्रेकको मजा लिने हो भने यहाँ बस्नै पर्ने स्थान हो । खानपान र वातावरणले पनि अनुकुल नै रहेको छ ।  यहाँका स्थानीय पेम्वा तामाङ र उनका ४ भाइ मिलेर गो हिमालय भन्ने टुर्स कम्पनी नै खोलेर ट्रेकिङको विस्तार गर्न लागिरहेका रहेछन् । यो एउटा सोसल प्रमोसनल प्रोजेक्ट भएको उनले बताए । यसबाट लाङटाङ र पर्यटनको जानकारी प्रदान गर्ने योजना सहित क्याङजुङमा सुविधा सम्पन्न होटल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको उनले बताए । पेम्वाका माइलोदाइ आइटीका विद्यार्थी हुन । उनले नै यो कन्सेप्ट अगाडि सारेका रहेछन् । यो कन्सेप्ट नेपालको लागि नौलो त होइन तर, लामटाङ क्षेत्रमा भने यो पहिलो भएको उनी बताउँछन् ।  पहिले फाउण्डेशनमा लगानी थप्नु भन्दा पनि यस क्षेत्रको प्रमोसनमा लागेको उनी बताउँछन । प्रमोसनको काम सरकारी तवरबाटै भइदिएको भए हुने हो, त्यो भएको छैन । भूकम्प र कोरोनाको कारण आँफै प्रमोसन भएको क्षेत्र हो यो । कोरोनाले घरमै बन्दक भएका मानिस रिफ्रेसमेन्टको लागि आउँदा केही चहलपहल बढ्यो । तर, यसलाई निरन्तरताका लागि प्रमोसनको जरूरी छ । हामीले यसलाई अझै ब्यापक बनाउने पहल थालेका छौं,' लामाले भने ।  हर्ल्ड नामक युट्युव च्यानल होष्ट गर्ने अमेरिकी नागरीकले यस स्थानको भ्लग बनाएर आफ्नो च्यानलमा राखेपछि विदेशी पर्यटकको संख्या समेत बढेको रहेछ । तामाङ दाजुभाइले उनै युट्युबरको सहयोगमा यस स्थानको प्रमोसनमा लागेका हुन् ।  हार्डरक क्याफे तामाङकै सानीआमाले चलाएको चर्चित हार्डरक क्याफे कै नाम बाट सञ्चालनमा आएको एउटा क्याफे रहेछ यहाँ । चट्टान सँगै जोडर बनाइएकाले हार्डरक क्याफे नामाकरण भएको रहेछ । तर, ती युटुवरले भिडियो युट्युवमा राखेपछि उक्त कम्पनीले फ्रेञ्चाईज बाहेक अरूले सञ्चालन गर्न नपाइने भनेपछि नाम परिवर्तन  गरी 'बिग हार्डरक' नामाकरण गरिएको रहेछ । क्याँङजिङ गुम्बा एउटा शहर नै हो । यहाँ पर्यटनका लागि आवस्यक धेरै संरचना तयार भइसकेका छन् । यहाँबाट भने धेरै पिकहरू चढ्न सकिन्छ । लोअर क्याँङजिङ र क्याँङजिङ -री यहि पर्छ भने यहाँ एउटा आइसलेक (हिमताल)  पनि रहेछ । यस स्थानमा प्राय हिउँ पर्ने भएकोले ६ महीनामात्रै बस्ती बस्ने रहेछ । बाँकी समय कि त काठमाडौं कि त लाङटाङ बस्ने रहेछन् ।  भोलिपल्ट बिहान साथी समन क्याँङजिङ रि तर्फ लाग्यो । म हल्का बिरामी भएकोले क्याँङजिङ बजार नै घुमे । बिहानको खाना खाएपछि स्याप्रुबेशी फर्किने तय भयो । -निशान केसी

नयाँ वर्षमा एकैदिन सौराहामा ५ हजारभन्दा बढी पर्यटक भित्रिए

वैशाख २, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ वर्षमा एकैदिन पाँच हजार बढी पर्यटक भित्रिएका छन् । सौराहामा आयोजना गरिएको सौराहा फुड फेष्टिवल तथा नयाँ वर्षको प्रभावले  एकैदिन सो संख्यामा पर्यटक भित्रिएका हुन् । यो कोरोना कहर पछिको उच्च संख्या भएको व्यवसायीको भनाइ छ ।  बुधवारबाट फेष्टिवल शुरु भएको  थियो  । नयाँ वर्ष मनाउन र फेष्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएको फुड फेष्टिवल संयोजक ध्रुव गिरीले जानकारी दिए  । फेष्टिवलको प्रभावले सौराहा भरिभराउ रहेको र सबै होटल बुकिङ भएका छन् । सौराहामा अहिले करीब ८०० को हाराहारीमा विदेशी पर्यटक रहेका छन् ।  बुधवार सौराहा आएका स्वदेशी पर्यटकमध्ये केही फर्किएका छन् भने त्यत्तिकै संख्यामा बिहीवार पनि पर्यटकहरु आएको गिरीले बताए । आउने र जाने पर्यटकको संख्या उत्तिकै रहेका कारण सौराहामा पर्यटक खचाखच रहेको छ ।  प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फुड फेष्टिवल यसपटक चैत ३० देखि वैशाख २ गते (आज) सम्म सञ्चालन हुनेछ । उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन व्यवसाय पनि सुचारू भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार कलात्मक तरीकाले सजाइएको छ । फेष्टिवलअन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको फेष्टिवलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए । फेष्टिवल अवधिभर कार्यक्रमस्थलदेखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातिहरुको झाँकी प्रदर्शन तथा सडकमै खाने र सडकमै रमाउने व्यवस्था  मिलाइएको छ । नयाँ वर्ष मनाउन आएका पर्यटकहरु फेष्टिवलमा रमाउने वातावरण बनाइएको छ ।  सडककिनारमा व्यवसायीले तयार गरेको खानाको स्वाद लिँदै विभिन्न जातजातिको संस्कृतिसँग रमाउन सक्ने गिरीले बताए ।

आन्तरिक पर्यटककै भरथेग

सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारीका साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा जुटेको नेपालका लागि कोरोना भाइरस (कोभिड–१९) पर्यटन व्यवसायका लागि ठूलै समस्या बनेर आयो । कोरोना भाइरस संक्रमणका कारण बाह्य पर्यटक आगमन ठप्पप्रायः हुँदा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलियो । नेपालमा पर्यटक आगमन ८० प्रतिशत र विदेशी मुद्रा आर्जनसमेत ७१ प्रतिशतले कमी आयो । पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुन सन् २०२५ सम्म पर्खनुपर्ने देखिन्छ । कोभिडविरुद्धको खोप, आन्तरिक पर्यटकको रुचि, छिटफुट रूपमा आएका विदेशी पर्यटक आशाका संकेत हुन् । हस्पिटालिटी क्षेत्र, एयरलाइन्स कम्पनीहरूले ल्याएका विशेष प्याकेज तथा छूटले नेपालमै भ्रमण संस्कृति स्थापित गर्दै छ भने प्रतिस्पर्धी पर्यटन बजारले आन्तरिक पर्यटकलाई सस्तो तथा सुलभमा सेवा दिएर यसलाई आकर्षित गर्दै छ ।  अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रमा आर्थिक पुनरुत्थानमा सहयोगी हुने किसिमले सकारात्मक संकेतहरू देखिन थालेका छन् । कोभिडविरुद्धको खोप लगाए पनि कोरोना संक्रमण हुने त्रास कायमै रहेको छ । तैपनि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएको, व्यवसायीले पनि खोप लगाइसकेको र अन्य मुलुकहरूमा पनि खोप लगाउनेको संख्या बढ्दो क्रममा रहेको हुँदा अबको पर्यटकीय सिजनमा विदेशी पर्यटक आउन सक्ने सम्भावना भने नकार्न सकिँदैन । नेपालमा पर्यटकहरू पर्वतारोहण, दृश्यावलोकन, साहसिक खेल आदिका लागि बढी आउने गर्छन् । यसमध्ये बिदामा घुमफिर गर्ने र धार्मिक पर्यटकले जोखिम लिन नचाहने भएकाले उनीहरू आउने सम्भावना कम हुन्छ । तर, साहसिक पर्यटनका लागि भने पर्यटक आउने गरेका छन् । यो सम्भावना अझ सहज देखिन्छ । सन् २०२१ को वसन्त सिजनमा पनि नेपालमा बन्दाबन्दी थियो । तर, पनि पर्वतारोहणका लागि विभिन्न देशबाट पर्यटक आएका थिए । सन् २०२० मा पर्वतारोहणका लागि आउने पर्यटकको संख्या शून्य थियो । पर्यटन विभागको तथ्यांकअनुसार कोभिडकै बीचमा यो वर्षको सिजनमा ४५९ जना पर्यटकले सगरमाथा आरोहण गरेका थिए । त्यसमध्ये सबैभन्दा धेरै नेदरल्याण्ड्सबाट २८३ जनाले सगरमाथाको आरोहण गरेका थिए । अमेरिकाबाट ३२ जनाले सगरमाथा आरोहण गरेका थिए । यस्तै छिमेकी देश चीनबाट २४ र भारतबाट २० जना पर्वतारोही आएका थिए ।  नेपालको पर्यटन क्षेत्रको ठूलो पूँजी पर्वतारोहण हो, जसले केन्द्रदेखि ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधिहरू हुन पाउँछ । बहराइनका राजकुमारहरू विमान चार्टर्ड नै गरेर नेपालको हिमाल आरोहण गर्न आउँदा पर्वतारोहणमा आशा देखियो । यसले नेपाल घुम्न आउने कि नआउने भनी ‘पर्ख र हेर’को अवस्थामा रहेका विदेशी पर्यटकका लागि सकारात्मक सन्देश दिएको छ । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएको देखिन्छ । सन् २०१९ को तुलनामा यो ८० प्रतिशतले कमी हो । पर्यटन क्षेत्रबाट उक्त वर्ष रू. २५ अर्ब आर्जन भएको देखिन्छ । पर्यटकको औसत बसाइ भने विगत वर्षभन्दा बढेको देखिन्छ । औसतमा १२÷१३ दिनको बसाइ हुने पर्यटकको अवधि १५ दिन पुगेको छ भने प्रतिपर्यटक खर्च पनि बढेर दैनिक ६५ अमेरिकी डलर पुगेको छ ।  कोरोनाकालमा पर्यटकको खर्च र बसाइ बढेको छ भने पर्वतारोहणका लागि आउने पर्यटकको संख्यामा पनि सुधार देखिएको छ । यसले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा आउने आशा पलाउन थालेको छ । खोप र कोरोना संक्रमण दरमा केही कमी आउँदा खुकुलो बनाउँदै लगिएको निषेधाज्ञाले आन्तरिक पर्यटनमा पनि सुधार ल्याएको छ । काठमाडौं उपत्यका वरपरका र देशका विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बाक्लो हुन थालेको छ ।  साप्ताहिक बिदामा काठमाडौं नजिकका नगरकोट, धुलिखेलदेखि चितवनको सौरहा, कास्कीको पोखरा जस्ता प्रसिद्ध गन्तव्यहरू आन्तरिक पर्यटकले भरिन थालेका छन् । पाँचतारे होटेल, रेस्टुराँ सञ्चालन गरेर भए पनि व्यवसायी सञ्चालन खर्च जुटाउन लागिपरेका छन् । नेपालीको पहुँच पनि तारे होटेलसम्म पुग्न थालेको छ । आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिने पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी मुद्रा आर्जनमा समेत कमी आएको छ । विदेश भ्रमणमा  जाने नेपालीहरू पनि अहिले यहीँका पर्यटकीय गन्तव्यका राम्रो स्रोत भएका छन् । पहिलो आफ्नै देश घुम्नुपर्छ भन्ने मान्यता विस्तारै स्थापित हुँदै आएको छ । खासगरी आन्तरिक पर्यटकले पर्यटनलाई ठूलो भरथेग गरेको छ । बिदा हुनासाथ विदेशका पर्यटकीय क्षेत्रहरू रोज्ने र रोजाइमा पर्ने ग्राहकहरू माउन्टेन भ्यू तथा अन्य गन्तव्य खोजेर जान थालेका छन् । आन्तरिक भ्रमणको संस्कृति स्थापित गर्न निजीक्षेत्रका वायुसेवा कम्पनी तथा हेलिकोप्टर कम्पनीका साथै पर्र्यटकीय गन्तव्य मानिने क्षेत्रका होटेलले आकर्षक प्याकेज ल्याएर थप मलजल गरे ।  काठमाडौंमा रहेका पाँचतारे होटेलदेखि उपत्यका वरपर रहेका होटेल तथा रिसोर्टहरूले पनि विभिन्न छूट दिँदै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् । तैपनि सन् २०१९ कै अवस्थामा आउन नेपाललाई समय लाग्न सक्छ । विदेशी पर्यटकमाथि आश्रित रहेको पर्यटन क्षेत्र उनीहरूको कम उपस्थितिले अहिले शिथिल छ । कोरोना कहर नै चुनौती बन्दै आएका बेला पर्यटन क्षेत्र पुनः लयमा फर्काउन धैर्य र नेपालमै भएका आन्तरिक पर्यटकलाई घुम्नलाई प्रेरित गर्नुको विकल्प छैन । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ल्याएको कार्यक्रम कार्यान्वयन गर्न सके निजामती, संस्थान तथा सार्वजनिक निकायको ठूलो हिस्सा आन्तरिक पर्यटकको रूपमा देशभर घुम्न सक्छन् । सरकारले बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको छ । निजीक्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गर्ने कार्यक्रम छ । सरकारले घोषणा गरेका यस्ता कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन सके मात्रै पनि आर्थिक गतिविधि चलायमान बनाउन सकिने आधार तय हुन्छन् । तर, कागजमा मात्रै उल्लेख गरेर न त पर्यटकीय गतिविधि बढ्छन् न त, आर्थिक पुनरुत्थानमा पर्यटनले योगदान दिन सक्छ । त्यसैले सरकारले नै घोषणा गरेका कार्यक्रमहरू समयमै कार्यान्वयनमा ल्याई लय समात्न थालेको पर्यटन क्षेत्रलाई ऊर्जा दिन जरुरी छ ।

कोरोना कहर : ‘साइड’ लाग्दै लेकसाइडका पर्यटन व्यवसायी

‘नयाँ वर्षपछि व्यवसाय हुन्छ कि भन्ने लागेको थियो, दोस्रो लहरको कोरोना आइहाल्यो । यस वर्ष २ महिनासम्म बन्द गरेरै बसियो । प्रशासनले अनुमतिले सटर खोल्न थालेको फेरि तेस्रो लहर आउने भन्छन् व्यापार चौपट भो । यस्तै हो भने अर्को महिना सामान प्याक गर्छु ।’ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा झण्डै १ करोड लगानी गरेका चन्द्र्रप्रसाद पौडेलले निराशाको पहाड सुनाए । ‘व्यवसाय गरेको २० वर्ष भो । जानेको यही हो । अब अर्को व्यवसाय के गर्नु ?’ शुक्रवार लोकान्तरसँगको कुराकानीमा पौडेलले गुनासो पोखे, ‘विदेशी पर्यटक नआए...

कोरोनाको कारण सुस्तायो हिमाली जिल्ला मनाङको पर्यटन व्यवसाय

जेठ २२, मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्षको फागुनदेखि धराशायी बनेको यहाँको पर्यटन क्षेत्र कोरोना कहर मत्थर हुँदै जाँदा बिस्तारै लयमा आउने क्रममा थियो । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरको महामारी शुरु भएसँगै गत वैशाख १० गतेदेखि पुनः यहाँको पर्यटन क्षेत्र सुस्ताएको हो ।  देशभरका मुख्य शहरमा कोरोना संक्रमित बढेसँगै वैशाखदेखि लकडाउन शुरु भयो । देशभर कोरोना महामारी बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङ्ला भञ्ज्याङ, तिलिचो ताल जस्ता महत्वपूर्ण गन्तव्य आन्तारिक तथा बाह्य पर्यटकका लागि बन्द गर्ने निर्णय गरियो । यस्तै समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले वैशाख महीनादेखि यहाँका शहर गुमनाम छन् । वर्षेनि ६० हजार विदेशी पर्यटक र करीब तीन लाखको संख्यामा आन्तरिक पर्यटक भित्रिने जिल्लामा नयाँ भेरियन्टको कोरोना प्रभावले सुनसान भएको होटेल व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । वर्षेनि हिउँदयामको जाडो मौसमपछि गुल्जार हुने मनाङ कोरोना कहरका कारण प्रतिकुल असर पुर्‍याएको उनले बताए । कोरोनाको पहिलो लहरपछि आशा जगाएको यस पर्यटन क्षेत्रमा दोस्रो लहरले पर्यटकीय क्षेत्रलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रको वार्षिक तथ्यांकअनुसार जिल्लामा बर्षेनि मार्चदेखि जुलाईसम्म प्रत्येक महीना सात हजारदेखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्थे । चैतदेखि हजारौँ आन्तरिक पर्यटक विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जानका लागि यहाँ आउने गर्छन् । यस वर्ष कोरोना कहरका कारण बन्द हुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । कोरोनाको दोस्रो भेरियन्ट अघि देशका ठूला शहरदेखि मोटरसाइकल र चारपांग्रे सवारी साधान लमजुङ सदरमुकाम बेँसीशहरदेखि लाम लाग्ने गर्दथे ।  कोरोना महामारीको पहिलो लहरले थलिएको मनाङको पर्यटन व्यवसायमा केही आशा जगाए पनि कोरोनाको दोस्रो लहरले पुनः यहाँका पर्यटन व्यवसायीमा थप पीडा थपिदिएको चामे गाउँपालिकास्थित हिमालयन होटेल सञ्चालक सीता गुरुङ बताउँछन् । बर्खायामको वसन्त ऋतुसँगै अनुकूल खुल्ला मौसममा पनि कोरोना कहरले प्रताडित बनाएको यहाँको पर्यटनमा व्यवसायीसमेत कोरोना त्रासमा छन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्य तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, मनासलु क्षेत्र, चामेको तातोपानी कुण्ड, सिङ्गर ताल, गङ्गापूर्ण ताल, काङ्ला पासलगायत हिमाल आरोहणमा आउने बाह्य तथा आन्तरिक पर्यटक मनाङ भित्रिएका छैनन् ।  अहिले जिल्लामा झण्डै एक हजारभन्दा बढी होटेल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द अवस्थामा छन् । कोरोनाले सिर्जना गरेको लकडाउनले यो जिल्ला सुनसान बनेको पर्यटन व्यवसायीको भनाइ छ । कोरोनाका कारण पहिलो पटक जिल्लामा ज्यान गएपछि यहाँका मानिस त्रसित बनेका छन् । रासस