रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै धनुषामा स्थानीयवासीले प्रदर्शन गरेका छन् । महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने भन्दै उनीहरुले रेल सेवा शीघ्र सञ्चालनको माग गरेका छन् ।रेल्वे सञ्चालनका लागि जनकनन्दनी गाउँपालिकास्थित खजुरीमा आन्दोलन गरिएको हो । स्थानीय मनोजकुमार साहको अगुवाईमा रेल सञ्चालनको मा