विराटनगर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन गर्न अनुरोध गरे पनि आन्दोलनरत पक्षले माग कार्यान्वयन नहुन्जेल आन्दोलन जारी राख्ने बताएको छ।मन्त्रालयले आन्दोलनका मुख्य बुँदाको सुनुवाई गरी कार्यान्वयन गरे आन्दोलनको कार्यक्रम परिवर्तन गर्न सकिने संयुक्त संघर्ष समितिका सह–संयोजक विष्णु पोखरेलले बताए। उनले मन्त्रालयबाट सबै माग कार्यान्वयन नगरेको र कागजमा मात्र सीमित रहेको तथा माग कार्यान्वयन नहुन्जेल आन्दो