पाल्पामा पनि बढ्दै संक्रमित, शुक्रबार ३९ जनामा पुष्टि

पाल्पा : पाल्पामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। शुक्रबार (आज) एकैदिन ३९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। कुल ७८ जनाको परीक्षण भएकोमा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। यसअघिको तुलनामा आज संक्रमितको संख्यामा वृद्धि भएको हो।जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै १४ जना संक्रमित थपिएका छन्। यस्तै, रामपुर नगरपालिकामा ३, पूर्वखोला गाउँपालिकामा ६, माथागढीमा २, बगनासकालीमा ३, तिनाउमा २, रिब्दीकोटमा ५, रैनादेवी छ

सम्बन्धित सामग्री

पाल्पामा १० वर्षमा ७२७ ले गरे आत्महत्या

देशैभर पछिल्लो समय आत्महत्याको दर बढ्दै गएको छ । पाल्पामा पछिल्लो दश वर्षको तथ्यांक अध्ययन गर्दा आत्महत्याको दर डरलाग्दो रूपमा बढेको पाइएको छ । १० वर्षमा यहाँ सात सय २७ जनाले आत्महत्या गरेका...

पाल्पामा सालको पातका दुना टपरीले व्यावसायिक रुप लिँदै

पाल्पा । आधुनिकतासँगै हराउन थालेका सालको पातबाट बनाइने दुना टपरी, लाफा, खोरी बनाउने काम पाल्पामा व्यवसायिक रुपमा गर्न थालिएको छ । सजिलोका लागि प्लाष्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै तानसेनमा भने सालका पातबाट बनाईने दुना, टपरीले बजार लिन थालेको छ । विवाह, ब्रतबन्ध, पूजाआजा र मृत्यु संस्कारमा दुना, टपरी प्रयोग […]

पाल्पामा १० वर्षमा ७ सय २७ जनाले गरे आत्महत्या

पाल्पामा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा बढ्दै गएको छ । १० वर्षमा ७ सय २७ जनाले आत्महत्या गरेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।आर्थिक वर्ष २०७०/७१ मा...

पाल्पामा बढे ज्वरोका बिरामी

पाल्पा । पाल्पामा चिसो बढेसँगै बिरामीको संख्या बढ्दै गएको छ । सरकारी तथा निजी अस्पतालमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढेका हन् । पछिल्लो एकहप्ता यता चिसोका कारण रुघाखोकी र ज्वरोका बिरामी ह्वातै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला अस्पताल पाल्पा, यूनाईटेड मिसन अस्पताल तानसेन, लुम्बिनी मेडिकल कलेज प्रभास र स्थानीय स्वास्थ्य चौकीमा […]

पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउँदै

पाल्पा । पाल्पा तिहार आएसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउने गर्दछ । सदरमुकामा तानसेनका हरेक चोक र पसलहरूमा रङ्गी बिरङ्गी झिनियाँ रोटी बिक्रीका लागि राखेको पाइन्छ । पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाएको छ । तिहारमा रोटीको परिकारलाई आकर्षक बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढ्दै गएको छ । तिहार आएसँगै तानसेन, रामपुर ताहुँ लगायत नेवारी बस्तीमा […]

पाल्पामा डेंगुका बिरामी बढ्दै

पाल्पामा डेंगुका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेंगुका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए । उनका अनुसार डेंगुको सङ्क्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ । डेंगु नियन्त्रणका लागि

डेँङ्गुका बिरामी बढ्दै

रामपुर– पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए। उनका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मृत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा […]

पाल्पामा बढ्दै डेंगु संक्रमण, एक सातामा थप २३ जना संक्रमित

पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भाद्र १३ देखि १९ गतेसम्म थप २३ जनामा...

पाल्पामा सडक बालबालिका र मानसिक रोगीको संख्या बढ्दै

पाल्पा । पाल्पामा सडक बालबालिका र मानसिक रोगीहरुको संख्या बढ्दै गएको छ । त्यसको व्यवस्थापनमा अझै पनि सम्बन्धित निकायले ध्यान दिएको पाईदैन । तर, समस्याका रुपमा बढ्दै गएपछि स्थानीय अभियान नेपालले उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र रोजगारीको समेत व्यवस्थापन गर्दै आएको छ । झण्डै दुई दशक अगाडि पाल्पाको मिसन अस्पतालका निर्देशक अष्ट्रेलियन नागरिक डिग्वे ह्विलले […]

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन्। गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकाल बताउछिन्।