पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउँदै

पाल्पा । पाल्पा तिहार आएसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउने गर्दछ । सदरमुकामा तानसेनका हरेक चोक र पसलहरूमा रङ्गी बिरङ्गी झिनियाँ रोटी बिक्रीका लागि राखेको पाइन्छ । पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाएको छ । तिहारमा रोटीको परिकारलाई आकर्षक बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढ्दै गएको छ । तिहार आएसँगै तानसेन, रामपुर ताहुँ लगायत नेवारी बस्तीमा […]

सम्बन्धित सामग्री

तस्वीर : तिहारलाई लक्षित गरी उत्पादन गरिएका झिनियाँ

तिहारलाई लक्षित गरी उत्पादन गरिएका झिनियाँ । उक्त झिनियाँ बागलुङ बजारस्थित मीरा श्रेष्ठले उत्पादन गरेकी हुन् । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको छ ।  झिनियाँ रोटीको लागि चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणको लागि विभिन्न थरीका खाने रंगहरु मिसाएर हाते मेसिनबाट यो रोटी बनाउने गरिन्छ । पकाउन सजिलो खान मिठो भएकोले पनि झिनियाँ रोटीको लोकप्रियता बढ्दै गएको छ । अन्य समयमा भन्दा तिहारको समयमा झिनियाँ रोटीको व्यापार बढेको व्यापारी बताउँछन् । तस्वीर : रासस