प्राइम लाइफ इन्स्योरेन्सको लाभांश दर पोहोरभन्दा घट्यो, १३ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश दर घटेको छ। आर्थिक वर्ष ७६/७७ को तुलनामा कम्पनीको ०७७/७८ को लाभांश घटेको

सम्बन्धित सामग्री

प्राइम लाइफले १३ प्रतिशत लाभांश दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, उक्त बोनस सेयर प्रयोजनका लागि एक करोड ९० लाख १८ हजार ४२२ […]

प्राइम लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, उक्त बोनस सेयर प्रयोजनका लागि एक...

प्राइम लाइफले १३ प्रतिशत बोनस सेयर दिने

३ कात्तिक, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले लाभांश घोषणा गरेको छ । २ कात्तिक बुधबार साँझ बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशत […]

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पनि  पारित

मंसिर १९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा  आयोजित उक्त सभाले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले मा सञ्चालक समितिको तर्फबाट अध्यक्षय प्रस्तुत गरेको २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/ ७८ को लेखा परिक्षकको प्रतिवेदनसहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरुसहितको वित्तीय विवरण पनि छलफल गरि पारित गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आज, १५.७८% लाभांश पारित हुँदै

मंसिर १९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज (आइतवार) हुने भएको छ । कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा अपरान्ह २ बजे गर्ने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० मा रहेको सो अनुपातलाई परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०: ४०) कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्राइम लाइफ इन्स्योरेन्सले आइतवार बोलायो साधारण सभा

मंसिर १७, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आगामी आइतवार  साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा अपरान्ह २ बजे गर्ने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले २०७६/ ०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७ /०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७० : ३० मा रहेको सो अनुपातलाई परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६० : ४०) कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

मंसिर ८, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (मंसिर ९ गते) रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार (मंसिर १०) गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज मिति तय

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७  प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ  ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । कम्पनी साधारणसभा समबन्धि विस्तृत विवरण सहितको सूचना कार्तिक २४ गते बुधबार प्रकाशन गरिने जनाएको छ  ।