काठमाडौं : भारतले वेस्टइन्डिजविरुद्वको अन्तिम तथा तेस्रो एकदिवसीय सिरिजमा ११९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको छ। भारतले वेस्टइन्डिजको मैदानमा ३९ वर्षमा पहिलो पटक सिरिज क्लिन स्विप गरेको हो।वर्षाले प्रभावित बनेको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाउँदा वर्षा भएको थियो। भारतका लागि ओपनर शिखर धवनले ५८ रन बनाउँदा सुभमन गिल ९८ रनमा नटआउट रहे। त्यस्तै श्रेयस अय्यर ४४ रन बनाउन सफल भएका थिए। त्यसपछि वेस्टइन्डिजलाई डर्कवर्थ लुइस नियमका आधारमा ३५