सप्तरीबाट पक्राउ परेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६ जनालाई सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको हो ।जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला सचिव थानेश्वर साह, कञ्चनरुप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी वडा नम्बर १ समितिका अध्यक्ष सुरेन्द्र मण्डल तथा न