एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्ने भएका छन् । साथै उनले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउनुहुने वासिङ्टन स्रोतले जनाएको छ ।