बाँकेमा विस्फोटक पदार्थ विस्फोट

काठमाडौं, भदौ ३१। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८,नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट हुदा राजमार्गको आधा खण्ड उडेको छ।उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ।विस्फोटबाट मानवीय क्षति भएको छैन।तर सडक किनारमा ठूलो खाल्डो परेका कारण केहि समय सवारी साधन एकतर्फी मात्र सञ्चालन भएको थियो। अहिले डिभिजन कार्यालयको टोलीले खाल्डो पुरेको बताइएको छ।

सम्बन्धित सामग्री

कैलालीमा सडक खन्दै गर्दा ‘बम’ विस्फोट, चार जना घाइते

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत कैलालीको भासुभिर सडक-खण्डमा आज साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन्।...

हगुल्टेमा भेटिएको विस्फोटक पदार्थ सेनाद्वारा डिष्पोज

डडेल्धुरा ।  सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी र सुरक्षाफौजबीच पटक पटक भिडन्त भएको डडेल्धुराको महाभारत वन क्षेत्रमा खतरनाक विस्फोट पदार्थ भेटिएको छ। आइतबार आलिताल गाउँपालिका–१ हगुल्टेको रतनटुडास्थित सामुदायिक वनमा विस्फोटक पदार्थ भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हगुल्टे लेकको चुचुरोमा पर्ने चित्रकुट सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला परेको छ । आलिताल गाउँपालिका–११ का ४५ […]

धनगढीको बैयाबेहडीमा विस्फोट, मतदान जारी

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा मावि बैयाबेहडी नजिकै विस्फोट भएको छ। मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको जोशीको भनाइ छ। घटना लगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति…

कैलालीमा मतदान केन्द्र नजिक विस्फोट

कैलाली, मंसिर ४ । कैलालीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए। केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको […]

पूर्वी बग्दादमा विस्फोट, १० जनाको मृत्यु

पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् । सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो । मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अफगानिस्तानमा बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु, १० जना घाइते

एजेन्सी- देशको दक्षिणी जाबुल प्रान्तमा मंगलबार विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा दुई बालबालिकाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। ‘मिजान जिल्लामा बालबालिकाको एउटा समूहले खेलौनाजस्तो वस्तु फेला पारेको थियो र खेल्ने क्रममा त्यो विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना […]

अफगानिस्तानको हेलमान्डमा विस्फोट हुँदा एक बालकको मृत्यु,  ३ जना घाइते

अफगानिस्तानको प्रान्तीय राजधानी लस्कर गाहबाहिर शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।  सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशकले शनिबार दिएको जानकारी अनुसार बालबालिका सहित केही दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूले कन्टेनरबाट स्क्र्याप धातुहरू ट्रकमा लोड गर्नेक्रममा सो दुर्घटना भएको हो।युद्धग्रस्त र आर्थिक रूपमा पिछडिएको अफगानिस्तानमा थुप्रै बालबालिकाहरू जीविकोपार्जन गर्न र आफ्नो परिवारलाई सहयोग गर्न गर्न सडकमा काम गर्न बाध्य छन्

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ भैँसीले खाएपछि...

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका(३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।  जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर रा

घानामा विस्फोट हुँदा कयौँ घर ध्वस्त, १७ जनाको शव भेटियो

काठमाडौँ । घानाको यपिएट सहरमा भयङ्कर विस्फोट भएको छ । विस्फोटबाट कयौँ भवनहरु भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको सङ्ख्याबारे औपचारिक जानकारी दिएको छैन । सुनको खानीको रुपमा चिनिने सहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ […]

काबुलमा बम विस्फोट हुँदा सैनिक हताहती

अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ।सडक किनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुँदा एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ। यस विस्फोटमा कुनै समूहको संलग्नताबारे प्रष्ट भएको छैन। अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन्।यसपटक पनि सोही समूहले विस्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीको रहेको छ।