सामान्यतया बिहे भएपछि महिला गर्भवती हुन्छन् र कम्तिमा ९ महिना भएपछि मात्रै बच्चा जन्मिन्छ । तर बेलायतमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ बिहे हुनुभन्दा ३ दिनअघि नै बच्चा जन्मिएको छ ।
आमा बन्ने सपना देख्दै ४० वर्षीय लिसा बिहेको तयारी गरिरहेकी थिइन् । बूढी भइसकेकाले बिहेपछि पनि आमा बन्नेमा उनलाई शंका थियो ।
तर बिहे हुनुभन्दा ३ दिनअघि अचम्म भयो । उनलाई अचानक प्रसव पीडा भयो, तत्काल अस्पताल पुर्याउँदा बच्चा जन्मियो ।
उनले भनिन्, ‘मलाई गर्भावस्थामा देखिने कुनै सामान्य लक्षण पनि देखिएनन् । शरीरको तौल बढ्न...