लामो समयको सुख्खाका कारण प्रभावित इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडलाई लिएर विवाद चर्किएको छ। सीमाबाट बग्ने हेलमण्ड नदीको पानी बाँडफाँड न्यायिक नभएको भन्दै तालिबान सरकारले नदीको बाँधमा आफ्ना लडाकु परिचालन गरेपछि दुई देशबीच द्वन्द्व चर्किएको हो। इरानले सबै पानी अफगानिस्तानले लगेर आफ्नो भागमा ४ प्रतिशत पानीमात्रै छोडेको र नहर सुख्खा भइसकेको बताएको छ । इरानी राष्ट्रपति इब्राहिम रईसीले गत मे महिनामा तालिबान सरकारलाई पानी सम्बन्धी सम्झौता सम्मान नगरे खराब परिणाम भोग्नुपर्ने चेताव