महिला–उद्यमी सम्मेलन सम्पन्न

काठमाडौं (अस) । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को आयोजनामा महिला युवा उद्यमी सम्मेलन (वाईईएसडब्ल्यू) सम्पन्न भएको छ । महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार काठमाडौंमा सम्मेलन आयोजना गरिएको हो । सन् २०१३ देखि मञ्चले यो कार्यक्रम आयोजना गर्दै आएको छ । सम्मेलनको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेकी थिइन् । सम्मेलनमा कृषि, निर्माण, घरेलु तथा साना व्यवसाय, शारीरिक व्यायाम, परामर्श र अनुसन्धान क्षेत्रमा संलग्न युवा महिला तथा पुरुष उद्यमी सहभागी थिए । यस्तै उद्यमी बन्न चाहने विद्यार्थीको पनि सहभागिता थियो । यस वर्ष आयोजित कार्यक्रमको नारा ‘वियोन्ड ब्यारियर्स’ राखिएको थियोे । सम्मेलनको प्रायोजकमा अन्तरराष्ट्रिय मजदूर संगठन (आईएलओ), राष्ट्रिय वाणिज्य बैंक, युनाइटेड इन्स्योरेन्स लगायत थिए । सम्मेलनमा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नवउद्योगी र विद्यार्थीको उपस्थिति थियो । कार्यक्रममा आमाको अचारको तर्फबाट संगीता पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, किरण शुज म्यानुफ्याक्चरर प्रालि (गोल्डस्टार)बाट विदुषी राणा लगायत महिला उद्यमीको सहभागिता थियो । महिला युवा उद्यमीको अगुवाइमा स्टार्टअप तथा नयाँ उद्यमहरूमा बिहे–नेपाल, एडुकेस, माकुसे, सुइरोलगायत कम्पनी सहभागी थिए । उक्त कार्यक्रमको संयोजक सहारा जोशी थिइन् ।

सम्बन्धित सामग्री

बिजिनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘बिजिनेस एक्सिलेन्स कन्फ्रेन्स’सम्पन्न भएको छ। चितवनमा सम्पन्न भएको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो।...

रोजगारका लागि सिप कार्यक्रम सम्पन्न

स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको अवसरमा हिप्को सुपरबिल्डमा रोजगारका लागि सिप कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।...

रोजगारका लागि सिप कार्यक्रम सम्पन्न

स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको अवसरमा हिप्को सुपरबिल्डमा रोजगारका लागि सिप कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।...

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ।वैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो।...

बालसाहित्य महोत्सव सम्पन्न

अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बालसाहित्य महोत्सव सम्पन्न भएको छ।

बालसाहित्य महोत्सव सम्पन्न

अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बालसाहित्य महोत्सव सम्पन्न भएको छ।

‘चोभार ब्लजु’को अन्तरक्रिया सम्पन्न

साहित्यकार विक्रमभक्त जोशीको निकथासंग्रह ‘चोभार ब्लुज’को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो।...

छ आयोजना सम्पन्न

काठमाडौँ,३० असार । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ । रु ६५ करोड ४७ लाख ६७ हजार २३५ को लागतमा प्रदेशको १ वटा पक्की पुल, ४ वटा झोलुङ्गे पुल र १५.५ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भएको हो । हेटौँडाको राप्ती […]

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.३ कुलाउमा सम्पन्न शिविरबाट १ सय १५ किसान परिवार लाभान्वित भएका छन्।...

छिमेक लघुवित्तको सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्थाको २०औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष ऋषिराज जोशीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ।...