छिमेक लघुवित्त वित्तीय संस्थाको २०औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष ऋषिराज जोशीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ।...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको कुल ५९ लाख १८ हजार २० कित्ता बोनस शेयर बुधवार सूचीकृत भएको छ ।
युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ५ हजार कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको ५१ लाख १३ हजार २० कित्ता गरी कुल ५९ लाख १८ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
छिमेक लघुवित्तले गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरले चैत २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले यस वर्षको नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गराएको थियो । उक्त नगद लाभांश चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरु गरिएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको आधारमा नगद लाभांशसँगै २२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा जम्मा गरिनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २४ गते सार्वजनिक विदा परी बजार बन्द भएकाले फागुन २३ गतेसम्म कायम शेयरधनीहले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
फागुन २३ गतेसम्म आफ्नो शेयर धितो राखेर कर्जा सुविधा उपभोग गरेका सदस्यहको हकमा सम्बन्धित संस्थाबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नगद लाभांश तथा बोनस शेयर प्रदान गर्नका लागि नो अब्जेक्सन लेटर र सो मितिपछि कर्जा भुक्तानी गरेका सदस्यहले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीको भनाइ छ । कम्पनीको शेयर रजिष्टारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
वैशाख ४, काठमाडौं । आइतवार नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ लाख ८५ हजार ४०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यसैगरी छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता र मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यी तीनओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी छिमेक लघुवित्तले गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ प्रतिशत बोनस शेयर र मनकामना स्मार्ट लघुवित्तले पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
पुस २५, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित भएका छन् ।
गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीतर्फ सञ्चालकमा उनी निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
कम्पनीको सभाले २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश करसहित गरेर कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ।
पुस २३, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार होटल सामना प्रालि मकवानपुर, हेटौंडामा सम्पन्न भएको हो ।
सभाले कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
२७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाख पुगेको छ ।
साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा ऋषि राज जोशीलाई आगामी चार वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ ।
कम्पनीले हालसम्ममा ६८ ओटा जिल्लामा १९२ ओटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाको १९औंं वार्षिक साधारणसभा हेटौडा मा सम्पन्न भएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हालसम्म ६७ जिल्लामा १३७ वटा शाखामार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६-०७७ मा ६६ करोड २१ […]