बाढीका कारण भत्किएको बाँकेको राप्ती–सोनारी गाउँपालिकाका गन्धैली र गाभर खोलाको पुल र सडकलाई अस्थायी तवरमा निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी र गन्धैलीमा आएको भेलले सो क्षेत्रको पुल र सडक भत्केर आवागमन ठप्प हुँदा वारिपारिका यात्रु बिचल्लीमा परेका थिए । पुल र सडकमा क्षति पुगेपछि…