‘अनुराग’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री एलिजा गौतमले । निर्माण समेत आफ्नै रहेको ‘अनुराग’ बाट उनलाई सोचेजस्तो सफलता हात पार्न सकेन । फिल्ममा त उनले डेब्यु गरिन् तर अभिनयमा भने पहिचान छोड्न सकिनन् । सोही कारणले पनि उनको हातमा नयाँ फिल्म पर्न मुस्किल पर्यो ।‘अनुराग’ मा अभिनय गरेको लामो समयपछि उनको हातमा अर्काे फिल्म पर्यो ‘घिन्ताङ’ । निर्देशक दीपक श्रेष्ठले फिल्ममा गौरव पहाडीको जोडीको रुपमा उनलाई ‘घिन्ताङ’ मा भित्र्याएका थिए