सुन्दर देखिने चाहना कसको नहोला ? सुन्दर बन्नु भनेको अरूलाई आकर्षित गर्नु पनि हो । अरूबाट प्रशंसा पाउन पनि हो । त्यसैले हामी मुहार राम्रो देखाउन अनेक मेहनत गर्छौँ; शरीर आकर्षक बनाउन मिहिनेत गर्छौँ । फेरि, राम्रा र महँगा कपडा लगाउँछौँ । राम्रो देखिनकै लागि अनेक विधि उपाय अपनाउँछौँ । शरीरलाई जस्तै मनलाई सुन्दर बनाउन हामी कति मेहनत गर्छौँ त ? शारीरिक सुन्दरताबाट क्षणभर आकर्षक देखिन सकिन्छ । दीर्घकालसम्म आकर्षित गर्ने त मनको सुन्दरताले नै हो । वास्तवमा, मानिसहरूको मन जित्ने भनेकै सुन्दर मनले हो