काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री केसीले आजै प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थिय...