बीओकेका कार्डवाहकलाई सस्तोडिल योजनामा छुट

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकले सस्तोडिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत विभिन्न सामान खरिद गर्ने बानी बढेको छ । यस्तोमा बैंकले  आफ्ना कार्डवाहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्न यो योजना ल्याएको हो । सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ देखि १७ तारिखसम्म सञ्चालन गर्न लागेको छ । यसअन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डवाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट सुविधा पाउन सक्नेछन् ।  

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको नगद फिर्ता योजना

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि अनलाइनमार्फत खरिदमा नगद फिर्ता योजना ल्याएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकै बेला ग्राहकलाई लाभ दिन यो योजना ल्याइएको बैंकले जनाएको छ । योजनाअन्तर्गत घरमै बसेर सस्तोडिल, ग्यापु, इन्फी, खानपिन फुड्स एन्ड टुर्स, रिचार्जरजस्ता विभिन्न अनलाइनमार्फत ०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा बैंकका ग्राहकले १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता पाउनेछन् । कोरोना भाइरसको महामारीकाकारण असहज परिस्थिति सिर्जना भएका बेला ग्राहकको किनमेल सहज बनाउने उद्देश्यले यो योजना ल्याइएको बैंकले बताएको छ । डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न ई–कमर्स कम्पनीबाट सामग्री खरिद गर्दा नगद फिर्ता योजना ल्याइएको हो । यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्स तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यूआर भुक्तानी गरी योजनामा सहभागी हुन सक्नेछन् । आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत सहज रूपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी योजनाको फाइदा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

सस्तोडिलबाट किनमेल गर्दा एनआईसीको कार्ड प्रयोग गरे १२ प्रतिशत नगद फिर्ता

काठमाडौं । एन आई सी एशिया बैङ्कले आफ्ना ग्राहक महानुभावहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तोडिलमार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता हुने भएको छ । बैङ्कको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैङ्क र सस्तोडिल बीचको समझदारीअनुसार फागुन १५ देखि प्रत्येक शनिबार यस बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्