के तपाईंले बिहान ब्रस गर्न बिर्सनुभएको छ ? ब्रस नगरेको दिनभरी अप्ठेरो महसुस गर्नुभएको छ ? भारतकी दन्त चिकित्सक डा. कविता दास स्वस्थ रहन मुखको स्वास्थ्यको ख्याल गर्न आवश्यक भएको बताउँछिन् । दाँतको हेरचाह गर्नाले गम्भीर रोग लाग्ने सम्भावना कम हुन्छ, साथै दाँत र गिजालाई स्वस्थ राख्छ । तर, अहिले पनि अधिकांश मानिस ‘ओरल हेल्थ’ लाई प्राथमिकता दिँदैनन् ।बेलायतमा २,००० मानिसमा गरिएको सर्वेक्षणले झन्डै आधालाई दाँत माझ्ने सही तरिका थाहा नभएको पाइएको छ । एउटा अध्ययनले देखाए अनुस