प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भइसकेको स्वीकार गरेका छन्। प्रधानमन्त्री देउवाले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरिरहेको कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न एमालेले दबाब दिइरहेको छ। प्रधानमन्त्री देउवाले शुक्रबार बिहान मधेश आन्दोलनको घटनाबारे छानबिन गर्न गठित आयोगको…