शुक्रबारदेखि नेकपा एमालेको आठौं जिल्ला अधिवेशन जारी छ । जस अनुसार १० जिल्ला रहेको कर्णालीमा सात जिल्लाहरुको ताजा अवस्था हेर्दा कुनै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व निर्माणको प्रक्रिया अघि बढेको छ भने कुनै जिल्लामा बन्दसत्र जारी छ । सुर्खेतमा जारी बन्दसत्र शनिबार दिउँसो सकिएको छ । अब नेतृत्व निर्माणका लागि नेताहरु जुटिरहेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सुर्खेतमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको छ।