जेठ २८, काठमाडौं । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ ।
बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष सम्मका लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।