सिभिल बैंकका सीईओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टान्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । स्वदेशी तथा विदेशी बैंकमा लामो समय का...