सिभिल बैंकको सीईओ पोखरेलले सम्हाले कार्यभार

असार १८, काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको कम्पनीको ३४५ औं सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।            गत वैशाख १८ गते कम्पनीका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म कम्पनी सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआर्इसी एशिया, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।            स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ । 

सम्बन्धित सामग्री

सिभिल बैंकका सीईओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टान्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । स्वदेशी तथा विदेशी बैंकमा लामो समय का...