सुजिता भण्डारीको शव जंगलमा भेटियो, कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

चितवन, असार २१ । केही दिनदेखि वेपत्ता भएकी चितवनकी सुजिता भण्डारीको शव फेला परेपछि जिल्लावासीहरुले निश्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका छन् । स्थानीयको प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ । राप्ती नगरपालिकाकी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । प्रहरीले शवलाई अस्पताल लैजान […]

सम्बन्धित सामग्री

दोषीलाई कारबाहीको माग गर्दै चक्काजाम

मलंगवा : बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै सर्लाहीमा बिहीवार पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।स्थानीय बासिन्दाले हरिवन नगरपालिका–९ दनुवारीका नारायण गौतमले ११ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोप लगाउँदै राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरूले आरोपी गौतमलाई पक्राउ गरी कारबाहीका लागि न्यायालयमा लैजान माग गरेका छन्। पीडक गौतमलाई बचाउन स्थानीय प्रहरी जनप्रतिनिधि र दलका नेताहरू लागि परेको भन्दै पीडितका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।पीडितका आफन्तका

हरिवनमा माओवादी कार्यकर्ताले बन्द गरे राजमार्ग

२० कात्तिक, सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् । सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी […]

पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।...

खाल्डोमा डुबेर बालकको मृत्युपछि आफन्तले गराए बिपी राजमार्ग अवरुद्ध

सिन्धुली – बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ। पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आइतबार बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीय बासिन्दाले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय […]

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजो

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]

किशोरी मृत्यु प्रकरण : सर्लाहीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सर्लाही : सर्लाहीको लालबन्दी–१७, रानीगन्जमा तीन दिनदेखि बेपत्ता युवती मंगलबार राति मृत भेटिएपछि उनका परिवार र आफन्तले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि राजमार्ग अवरुद्ध गरेका हुन्। किशोरीलाई बलात्कार गरी हत्या गरिएको दाबी गर्दै उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन्।आक्रोशित स्थानीयले मध्यान्ह १२ बजेदेखि नाराबाजीसहित टायर बालेर राजमार्ग अवरुद्ध गरिरहेका छन्।रानीगन्ज डाँडाटोलका राजन भुजेलकी १

पूर्वपश्चिम राजमार्ग खुला, सुजिताको हत्या आरोपीलाई कारबाहीको माग

राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खुला भएको छ । जिल्लाको राप्ती नगरपालिका– ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए । बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे खुलेको हो । स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक