काठमाण्डाै – सौन्दर्य प्रतियोगिताको नाममा बालिकालाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाण्डाैले सात वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय तोकेको हो । बलात्कारको अभियोगमा हदम्याद गुज्रिएपछि प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको थियो ।
मिस ग्लोबल इन्टरनेशनल नामको सौन्दर्य प्रतियोगिताका आयोजक पाण्डेले सन् २०१४ को प्रतियोगितामा सहभागी एक बालि...