बालिका बलात्कार कसुरमा एक पुरुषलाई अदालतले सुनायो ११ वर्ष कैद सजाय

मध्यविन्दु : नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई ११ वर्ष कैद सजाय सुनाएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए। ‘न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजालासले बलात्कार…