सुन तोलामा ४ सय र चाँदी २५ रुपैयाँ बढ्यो

काठमाण्डाै – आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित सामग्री

साताको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ- साताको पहिलो दिन सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज (आइतबार) प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ  । त्यसैगरी चाँदी १ हजार ८ सय २५ रुपैयाँ भएको छ  । शुक्रबार भने...

लगतार घट्दै सुनको भाउ, ३ दिनमा तोलामा १५ सय घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीवार (आज) फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ । बुधवार सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।  पछिल्लो तीन दिनयता सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटिसकेको छ । गत सोमबार तोलाको १ लाख १२ हजार रुपैयाँ रहेको सुनको भाउ मंगलवार २०० रुपैयाँ घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधवार भने सुन तोलामा ८०० रुपैयाँ घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।  सुनसँगै चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

एकै दिन तोलामा १२ सयले बढ्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ एकै दिन तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार (आज) सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ तोकिएको छ । गत बुधवार सुन तोलाको १ लाख ७ हजार ८०० रुपैयाँमा खरीदविक्री भएको थियो ।  सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३३५ रुपैयाँ थियो ।  अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १२ः३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८० दशमलव ९३ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६९ दशमलव ७७ डलर पुगेको थियो । त्यसैगरी आज डलरको मूल्य भने स्थिर छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५६ पैसा कायम भएको नेपाल राष्ट्र बैैकले तोकेको विनिमयदरमा उल्लेख छ । अघिल्लो दिन‌ पनि सोही मूल्यमा डलर खरीदविक्री भएको थियो ।

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ । यसअघि अस्ति तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ आज तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

घट्यो सुन र चाँदीको भाउ

१७ कात्तिक, कठामाडौं । बुधबार सुन तथा चाँदीको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँ सस्तो भएको छ । मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । आज तेजाव […]

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजा...

सुनचाँदीकै भाउ बढ्यो

आज सुन र चाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ।

सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्याे

काठमाण्डाै - सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो । यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।